तीन दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख
सारांश
- काठमाडौं।
- स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल भएका छन्।
- एक सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेका छन्।
काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल भएका छन्।
एक सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेका छन्।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसथा सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो। हालसम्म ५७० वटा पालिकाको मतगणना सकिएको छ भने १८३ वटामा मतगणना जारी रहेको छ।
अन्तिम मतपरिणाम आइसकेका ५७० वटा पालिकामध्ये २५३ वटामा नेपाली कांग्रेस, १६४ मा नेकपा एमाले र १०५ वटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया