शुक्रबार पनि सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
१९ पटक हेरिएको
Shares
शुक्रबार पनि सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार

सारांश

  • काठमाडौ  ।
  • आज शुक्रबार पनि सुनको भाउ घटेको छ ।
  • बिहिबार तोलाको ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

काठमाडौ  । आज शुक्रबार पनि सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सयले नै घटेर तोलाको ९५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ४ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?