सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २८, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक, आइसियुमा सारियो

सारांश

  • काठमाडौ ।
  • शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।
  • किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पतालका प्रमुख असिम पाठकले जानकारी दिए ।

काठमाडौ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पतालका प्रमुख असिम पाठकले जानकारी दिए । १०३ वर्षीय जोशीलाई (आईसीयू) बाट जनरल वार्डमा सारिएको थियो ।

फेरि स्वास्थ्यमा समस्या आएपछि बिहीबार आईसीयूमा सारिएको पाठकले बताए । जोशीको मुटुको चालमा घटबढ हुनुका साथै छातीमा निमोनिया संक्रमण भएको उनले जानकारी दिए । निमोनियाको औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको पाठकको भनाई छ । स्वास्थ्य अवस्था नाजुक बनेपछि जोशीले बोल्न र खान छाडेका छन् । उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएको छ । शताब्दी पुरुष जोशी असोज ७ गते इमर्जेन्सीमा भर्ना भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?