नेपाल टी-२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडाैं र जनकपुर खेल्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७९
|
|
१९ पटक हेरिएको
Shares
नेपाल टी-२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाडाैं र जनकपुर खेल्दै

सारांश

  • काठमाडाैं ।
  • नेपाल टी-२ क्रिकेट लिगमा आज  पनि दुई वटा खेल हुँदैछन् ।
  • पहिलाे खेलमा अहिले केहीबेरमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् ।

काठमाडाैं । नेपाल टी-२ क्रिकेट लिगमा आज  पनि दुई वटा खेल हुँदैछन् ।पहिलाे खेलमा अहिले केहीबेरमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । काठमाडाैंकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकाे छ ।

यसअघि आफूले खेलेका दुबै खेल जितेकाे लुम्बिनी ४ अंकसहित अंक तालिकाकाे शीर्ष स्थानमा छ । दुबै खेल हारेकाे पाेखरा अंकबिहीन छ ।

त्रिवि क्रिकेट मैदानमै आज दिउँसाे १ बजे सुरु हुने दाेस्राे खेलमा काठमाडाैं नाइट्स र जनकपुर रोयल्स भिड्दै छन् । २ खेलबाट ४ अंक जाेडेकाे जनकपुर अंकतालिकाको दोस्रो स्थानमा छ । २ खेलबाट काठमाडाैंले २ अंक जाेडेकाे छ ।प्रतियाेगितामा ६ टोली सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?