सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ६, २०७९
|
|
३१ पटक हेरिएको
Shares
सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने

सारांश

  • काठमाडौँ ।
  • नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
  • राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ः०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिने कार्य तालिका छ ।

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ः०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिने कार्य तालिका छ ।

शपथ लिए लगत्तै उहाँ लैनचौरमा रहेको सहिल स्तम्भमा माल्र्यापण गर्न जानुहुने भएको छ । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उहाँले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित हुनुभएको थियो । दुई सय ६८ सांसद उपस्थित भएकामा उहाँले एक सय ६७ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा एक सय मत परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?