नयाँ रेकर्ड राख्यो सुनको मूल्यले, कतिमा हुँदैछ कारोबार ?
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
- सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ९ सय बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ९ सय बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ ।
यसअघि गएको माघ १९ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० पुगेको थियो भने शुक्रबार १ लाख ७ हजार १०० रुपैयाँ थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया