मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मोबाइल बाड्ने निर्णयको विरोध भएपछि यस्तो आयो विद्यासुन्दरको प्रतिक्रिया

सारांश

  • काठमाडौं, ९ असार ।
  • जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय काठमाडौं महानगरपालिकाको निर्णयको चर्काे विरोध भएपछि मेयर विद्यासुन्दर शाक्यले मुख खोलेका छन् ।
  • मोबाइल प्रकरणले विवादमा तानिएका शाक्यले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मोबाइल किन्ने निर्णयलाई राजनीतिक विषयको रुपमा उठाइएको गुनासो गरेका छन् ।

काठमाडौं, ९ असार । जनप्रतिनिधिका लागि मोबाइल खरिद गर्ने निर्णय काठमाडौं महानगरपालिकाको निर्णयको चर्काे विरोध भएपछि मेयर विद्यासुन्दर शाक्यले मुख खोलेका छन् ।

मोबाइल प्रकरणले विवादमा तानिएका शाक्यले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मोबाइल किन्ने निर्णयलाई राजनीतिक विषयको रुपमा उठाइएको गुनासो गरेका छन् । ‘मोबाइल खरिद निर्णय जनताको प्रत्यक्ष सम्पर्कको लागि गरिएको हो,’ आफ्नो निर्णयबारे स्पष्ट पार्दै विद्यासुन्दर भन्छन्– ‘मोबाइल किनेर दिने कुरामा विवाद गर्नुपर्ने कुरा नै होइन् । तर यसलाई राजनीतिक रुपमा लिइयो । दुःख लागेको छ ।’

उनले मोबाइल खरिद निर्णय सही भएको र जनताको प्रत्यक्ष सम्पर्कको लागि खरिद गर्न लागेको प्रस्ट पार्दै भनेका छन्– ‘कसैलाई कलम दियो, कापी दियो भनेर सा साना विषयमा विवाद गरे काम कसरी गर्ने ? अरुले गुपचुप निर्णय गर्दथे । हामी पारदर्शी भयौं । निर्णय गरेको दिन नै सार्वजनिक गर्दा यस्तो भयो ।’

देशभरका सिडिओ र प्रहरी प्रमुखको नम्बर एउटै भएजस्तै महानगरमा म गए पनि भोलि आउने अर्को मेयरले त्यही सीम बोक्नुपर्छ भन्ने उद्देश्यले यो निर्णय गरिएको बताउँदै शाक्यले भने– ‘यसो गर्दा त्यो नम्बर जनतासँग रहिरहन्छ । र, निरन्तर सम्पर्कमा रहन पाउँछन् ।’

मेयर शाक्यले मोबाइल खरिदको निर्णय व्यक्तिगत प्रयोजनको लागि नभई संस्थागत प्रयोगको लागि मात्र खरिद गर्न लागिएको स्पष्ट पारे । ‘काठमाडौंका जनप्रतिनिधिले एउटा मोबाइल पनि किन्न सक्दैनन् भन्ने प्रश्न उठ्ला, तर यो जनतासँग निरन्तर सम्पर्कमा रहिरहन गरिएको निर्णय हो । पदमा धारण गर्ने हरेक प्रतिनिधिले एउटै नम्बर बोक्नुपर्छ र जनताले पनि नम्बर परिवर्तन भएर सास्ती नपाउन भन्ने हाम्रो चाहना हो ।’

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको दोस्रो बैठकले मेयरसहित उपमेयर र नगरपरिषद सदस्यलाई समेत मोबाइल किन्ने र सीम सहित हस्तान्तरणको निर्णय गरेको थियो । यो निर्णयपछि अलोचकको निशानामा परेका शाक्यले स्पष्किरण दिएका हुन् ।

यस्ता छन् मेयरदेखि वडाअध्यक्ष सम्मको मोबाइल नम्बरः

(fii-institute)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?