तनहुँ-१ : उम्मेदवारले चुनावी अभियान थाले

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • तनहुँ ।
  • आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् ।
  • सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन् ।

तनहुँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन् । व्यास नगरपालिका-३ निमचोकमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उनले तनहुँ-१ को समग्र विकासका लागि उम्मेदवारी दिएको बताए ।

यसै क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बन्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको विकास योजनालाई पूरा गराउन आफू उम्मेदवार बनेको उनले स्पष्ट पारे । “म आदरणीय रामचन्द्र पौडेलको उत्तराधिकारी हुँ, यहीँ जन्मिएको छोरा हुँ, यहाँका जनताले मलाई विजयी गराउनेमा विश्वस्त छु ,” उनले भने । उनले जिल्लाको खानेपानी, सडक, बिजुलीलगायतका क्षेत्रमा विकास गर्न कांग्रेसको नेतृत्व आवश्यक छ भने ।

नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले मतदाता भेटघाट गरी चुनावी अभियान सुरु गरेका छन् । बन्दीपुर गाउँपालिका-१ भुडाटारका युवा मतदातासँग भेट माग्दै उनले तनहुँलाई गर्व गर्न लायक जिल्ला बनाउने प्रतिवद्धता जनाए । प्रहरीको कार्यकालमा सधैँ जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको बताउँदै अब पुन: तनहुँवासीको सेवा गर्ने उद्देश्यसहित निर्वाचनमा सहभागी भएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले प्रसिद्ध छाब्दीबाराही मन्दिरको पूजाआजा गरी चुनावी अभियान थालेका छन् । सो क्रममा उनले व्यास-१४ का स्थानीय मतदातासँग भेट गरी देश र जिल्लाका लागि केही गर्ने सोच बोकेर आएको बताए । उनले निर्वाचनमा विजयी भएमा तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जनाको उम्मेदवारी परेको छ । अन्य उम्मेदवारमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा ९समाजवादी०बाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार छन् ।

कार्यतालिका अनुसार यही चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

तनहुँ-१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ । मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ ।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाहरुले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ । मङ्सिर ४ गतेसम्म तनहुँ-१ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए । कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वालीकाको बलात्कार पछि हत्या प्रयास ।
वालीकाको बलात्कार पछि हत्या प्रयास ।
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
फागुन १८ गते मंगलवारको राशिफल यस्तो छ
फागुन १८ गते मंगलवारको राशिफल यस्तो छ
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु
पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु
मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
जसपाको माग पूरा गर्ने सरकारको तयारी, बिहीबारसम्म २ सय ४२ जनाको मुद्दा फिर्ता लिने !
क्रोएसियाका कप्तान मोड्रिच:  ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
क्रोएसियाका कप्तान मोड्रिच: ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
विद्युत् चोर कारवाहीमा !
विद्युत् चोर कारवाहीमा !