नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।
  • प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा उनँले जोड दिए ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा उनँले जोड दिए । पार्टी अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने भनाइ राखे

उनले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याए । उनले आजकल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले शैक्षिक प्रणाली सुधार्ने कर्तव्य शिक्षकको रहेको भन्दै आफ्नो विद्यालयमा शिक्षकले राम्रो पढाउनुपर्ने बताए ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष भीमबहादुर बस्नेतले शिक्षालाई श्रम र सीपसँग जोड्नुपर्ने बताए । महाधिवेशनमा देशभरिबाट तीन सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होसियार ! उपभोक्ता ठगे मुद्दा
होसियार ! उपभोक्ता ठगे मुद्दा
गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन
गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
प्रधानमन्त्री ओलीलाई ‘चीनको कठपुतली’ भन्दै कँग्रेस आईका प्रवक्ता सिंघवीले लेखे – ओलीले मानसिक सन्तुलन गुमाएको देखियो
सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत
सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक
क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ
क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान
सत्तारुढ ४ दलको निष्कर्ष : राष्ट्रपतिको कदम असंवैधानिक, जननिर्वाचित संसदको घोर अपमान

तपाईंले छुटाउनुभयो कि?