‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट

सारांश

  • काठमाडौँ ।
  • ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमका विरुद्ध परेको रिट निवेदनको पेशी आज तोकिएको भएपनि ’हेर्न नभ्याइने‘मा परेको छ ।
  • आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि न्यायाधीशद्वय डा.

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमका विरुद्ध परेको रिट निवेदनको पेशी आज तोकिएको भएपनि ’हेर्न नभ्याइने‘मा परेको छ ।

आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै सुनुवाईको मिति सारेको हो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

रिट निवेदक गौतम मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन शाखा अधिकृत हुन् भने शाह पूर्व निर्वाचन आयुक्त हुन् । यस्तै गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन् । उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । उनीहरु बिरामी भनेर हाल व्यूरोकै निगरानीमा अस्पताल भर्ना भएका छन् ।

डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन अधिकृतद्वय सुरेन्द्रमान कपाली र हुपेन्द्रमणी केसीलाई पनि व्युरोको टोलीले पक्राउ गरेको थियो । तर यी तीनै जनाले अदालतको अन्तरिम आदेश देखाएपछि प्रहरीले उनीहरुलाई रिहा गरेको थियो । यद्यपि, प्रहरीले यसका विरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
वाम गठबन्धनको निःशुल्क वाईफाई, नेकपाको सरकार बनेपछि फाइफुई
वाम गठबन्धनको निःशुल्क वाईफाई, नेकपाको सरकार बनेपछि फाइफुई
म्याग्दीमा पनि वाम गठबन्धन अगाडि
म्याग्दीमा पनि वाम गठबन्धन अगाडि
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि लाग्यो यस्तो गम्भीर आरोप
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !
मोदीको प्रस्तावमा अस्पतालबाटै ओलीको जवाफ
मोदीको प्रस्तावमा अस्पतालबाटै ओलीको जवाफ
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
नायिका संगै स्वामीले गरे भूमिज कलेक्सनको उद्घाटन
नायिका संगै स्वामीले गरे भूमिज कलेक्सनको उद्घाटन
स्थानीय तहलाई प्रदेश सरकार मातहतमा ल्याउन दबाब
स्थानीय तहलाई प्रदेश सरकार मातहतमा ल्याउन दबाब
गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री
गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री

तपाईंले छुटाउनुभयो कि?