आजको राशीफल

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आजको राशीफल

सारांश

  • मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
  • प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ।
  • परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।

मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। पढाइलेखाइमा समय दिन नसकिए पनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। काम दोहोर्याएर गर्नुपर्ला।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ र सम्मानित स्थान प्राप्त हुनेछ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।

तुला :  र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्य फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

धनु :  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

व्यावहारिक कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि हातलागी नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत गर्दा स्थितिमा सुधार आउनाले सामान्य फाइदा हुनेछ। पहिलेकै समस्या दोहोरिनाले अलमलमा परिएला।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आफ्ना काममा अरूकाे भरपर्दा गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। मिहिनेत गर्दा पछि फाइदा हुने काम बन्न सक्छ।

मीन :  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च लागे पजि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइका लागि केही खर्च हुन सक्छ। अभिभावककाे गुनासाे सुन्नुपर्ला।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय
सर्वोच्चमा सेटिङनै सेटिङ, जोशीमाथि प्रधानन्यायाधीश नबन्दै बदनाम भएको आरोप !
सर्वोच्चमा सेटिङनै सेटिङ, जोशीमाथि प्रधानन्यायाधीश नबन्दै बदनाम भएको आरोप !
भक्तपुर अपडेट: यस्तो छ अहिलेसम्मको मतपरिणाम
भक्तपुर अपडेट: यस्तो छ अहिलेसम्मको मतपरिणाम
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद
बम्जनलाई पक्राउ नगरेकोमा कोमल ओलीको आपत्ति
बम्जनलाई पक्राउ नगरेकोमा कोमल ओलीको आपत्ति
गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार
गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार
सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने
सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?

तपाईंले छुटाउनुभयो कि?