प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०८०
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता

सारांश

  • बेइजिङ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ।
  • उनीहरूबीच यहाँको ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो।

बेइजिङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ। उनीहरूबीच यहाँको ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो। सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारे। उनले नेपाल-चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै सुरु भएको उल्लेख गरे।

उनले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए।

प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उँचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो उहाँले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गरे।

त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशिलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारे। चिनियाँ राष्ट्रपति सि चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उनले बताए।

अध्यक्ष चाओले नेसनल पिपल अफ कंग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवको विज्ञप्ति आयो : ओली, प्रचण्ड र बादललाई यस्तो चेतावनी
विप्लवको विज्ञप्ति आयो : ओली, प्रचण्ड र बादललाई यस्तो चेतावनी
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
१ हजार ६९ जना कोरोना संक्रमित थपिए मंगलबार
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल