नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

सारांश

  • चितवन (भरतपुर)।
  • नारायणगढ-मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन्।
  • लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन्।

चितवन (भरतपुर)। नारायणगढ-मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन्। लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन्।

यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिए। उनका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन्। सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन्। सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताए।

शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए। निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए। “अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ”, इन्जिनियर दराईले भने, “कालोपत्र र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौं।”

दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन्। खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ। खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन। तुईन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो। आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ।

“सम्भवत एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने, “बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ।”

यस सडकखण्डमा २०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए। विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठक सुरु,  यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
मन्त्रिपरिषद् बैठक सुरु, यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल
सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त
नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने
नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने
ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित
ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित
अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला
अक्षय तृतीयामा डोलेश्वर मन्दिरको चारै ढोका खुल्ला
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
सिन्धुपाल्चोक मा   ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
सिन्धुपाल्चोक मा ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
भारत र पाकिस्तानबीच आणविक युद्ध भए के होला ?
भारत र पाकिस्तानबीच आणविक युद्ध भए के होला ?
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पहिलो र दोस्रो संविधानसभा सदस्यलाई संविधानसभा पदकबाट सम्मानित

तपाईंले छुटाउनुभयो कि?