सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
४६ पटक हेरिएको
Shares
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्।
  • आज बिहान बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गरेको हो।

काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्।

आज बिहान बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गरेको हो। कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारीसमेत तोकिएको न्यायपरिषद सचिवालयले जनाएको छ।

कुँवरले यसअघि दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश छँदा उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए। उनलाई हाल कायम उच्च अदालतका न्यायाधीशहरूमध्ये वरीयतामा अगाडि रहने गरी प्रस्ताव गरेपछि सहमत भएका हुन्।

न्याय परिषदको सिफारिसअनुसार प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्ति दिनेछन्। उच्च अदालतमा हाल ३९ न्यायाधीशको पद खाली छ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश चन्द्रबहादुर सारुको नेपालगन्ज इजलासमा सरुवा गर्ने निर्णय पनि परिषदले गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण
एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
युएईमाथि सहज जित निकाल्दै नेदरल्याण्ड टी–२० विश्वकपमा छनोट
प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी
प्रधानमन्त्री ओलीलाई माधव नेपालको कडा चेतावनी
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
लायन्स क्लब अफ नेपाल सेभ हिमालयको आयोजनामा रक्तदान
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
विद्यालयमै स्वास्थ्यकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
निर्वाचन आचार संहिताको धज्जी उडाउदै सरकारले गर्यो राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा
जहाज नआउँदा हुलाक सेवा प्रभावित !
जहाज नआउँदा हुलाक सेवा प्रभावित !