नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु

Asmita-Newsdesk Asmita-Newsdesk
|
बिहिबार, श्रावण १४, २०८३
|
|
१९ पटक हेरिएको
Shares
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु

सारांश

  • नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा ललितपुरस्थित होटल हिमालयमा बिहीबारदेखि ‘नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार–लगानी मेला’ सुरु भएको छ।
  • नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीको आयोजनामा सुरु मेलाले दुई देशको लामो मैत्रीपूर्ण सम्बन्धलाई व्यापारिक आयाम दिने लक्ष्य राखेको छ।
  • मेलाको उद्घाटन जापानी राजदूत मायदा तोरु, जापान सरकारका निर्देशक तानाका काजुसीगि र चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रूपमा गर्नुभयो।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा ललितपुरस्थित होटल हिमालयमा बिहीबारदेखि ‘नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार–लगानी मेला’ सुरु भएको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीको आयोजनामा सुरु मेलाले दुई देशको लामो मैत्रीपूर्ण सम्बन्धलाई व्यापारिक आयाम दिने लक्ष्य राखेको छ।

मेलाको उद्घाटन जापानी राजदूत मायदा तोरु, जापान सरकारका निर्देशक तानाका काजुसीगि र चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रूपमा गर्नुभयो। शुक्रबारसम्म चल्ने प्रदर्शनीमा दुवै देशका प्रकृति, खानपान र जीवनशैलीका समानता झल्काउने ७० सामग्री राखिएका छन् भने जापानी परम्परागत चिया समारोह मुख्य आकर्षण बनेको छ।

समारोहमा चेम्बर अध्यक्ष अग्रवालले जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि जस्ता क्षेत्रमा जापानी लगानी र प्रविधि हस्तान्तरणका लागि आह्वान गर्नुभयो। उहाँले विदेशी लगानीकर्ताका लागि व्यावसायिक वातावरण निर्माण गर्न चेम्बर प्रतिबद्ध रहेको र निजी क्षेत्रको सहकार्यले जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गर्नुभयो।

यसैगरी जापानी राजदूत तोरुले जापानमा तीन लाखभन्दा बढी नेपाली कार्यरत रहेर दुई देशबीचको आर्थिक सम्बन्धलाई बलियो बनाएको बताउनुभयो। नेपालमा हाल ४९ भन्दा बढी जापानी कम्पनी क्रियाशील रहेको र नागढुंगा सुरुङमार्ग जस्ता महत्त्वपूर्ण पूर्वाधार आयोजनामा जापानले गरिरहेको सहयोग आगामी दिनमा पनि निरन्तर रहने उहाँको भनाइ थियो।

द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मेलामा दुवै देशका कम्पनीका दुई दर्जन स्टलहरू रहेका छन्। मेलामा सहभागी हुन नेपाल आएको २० सदस्यीय जापानी व्यावसायिक प्रतिनिधिमण्डलले नेपाली उद्यमीहरूसँग प्रविधि हस्तान्तरण र साझेदारी विस्तारका लागि प्रत्यक्ष छलफल व्यवसाय–व्यवसाय (बी–टु–बी) भेटघाट तथा विशेष प्यानल बहसहरू सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?