साताको अन्तिम कारोबारमा नेप्से सुधार

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
२३ पटक हेरिएको
Shares
साताको अन्तिम कारोबारमा नेप्से सुधार

सारांश

  • साताको अन्तिम दिन शुक्रबार धितोपत्र बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ।
  • नेप्से १२ दशमलव ९६ अङ्कले सुधार भई दुई हजार छ सय पचासी दशमलव ५४ अङ्कको उचाइमा पुगेर बन्द भएको छ।
  • बजारमा ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ को बिन्दुमा पुगेको छ।

साताको अन्तिम दिन शुक्रबार धितोपत्र बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। नेप्से १२ दशमलव ९६ अङ्कले सुधार भई दुई हजार छ सय पचासी दशमलव ५४ अङ्कको उचाइमा पुगेर बन्द भएको छ।

बजारमा ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ को बिन्दुमा पुगेको छ। यसैगरी फ्लोट र सेन्सेटिभ फ्लोट सूचक पनि क्रमशः बढेका छन्।

आज बजारमा कुल ८८ लाख ५१ हजार दुई सय १६ कित्ता सेयर खरिदबिक्री भएका छन्। विभिन्न कम्पनीका यी सेयरहरू कुल तीन अर्ब पचहत्तर करोड ९७ लाख २२ हजार तीन सय चालीस रुपैयाँ बराबरको रकममा कारोबार भएका हुन्।

कारोबार भएका कुल १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेको छ भने बाँकी दुई उपसमूहको सूचक मात्र ओरालो लागेको छ। समग्र बजारमा आज एक सय असी वटा कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा ८२ कम्पनीका सेयरधनीले गुमाएका छन् भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन्। अर्कोतर्फ बोटलर्स नेपाल तराई, कालिञ्चोक हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरू भने आजको बजारमा बढी गुमाउनेमा परेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ
साथीको हत्या गर्ने बङ्गलादेशी नागरिक पक्राउ
निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब : नेता पोख्रेल
गाईघाट कदमाहा सडकखण्डको जलजले पुल भत्कियो
गाईघाट कदमाहा सडकखण्डको जलजले पुल भत्कियो
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
Gianluigi Buffon retires as Italy lose to Sweden in World Cup play-off
Gianluigi Buffon retires as Italy lose to Sweden in World Cup play-off
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
सहर पसे मान्छे, विकास गाउँ पुग्यो
सहर पसे मान्छे, विकास गाउँ पुग्यो
श्रम स्वीकृतिका लागि बैंक खाता अनिवार्य
श्रम स्वीकृतिका लागि बैंक खाता अनिवार्य
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित