काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

सारांश

  • काठमाडौँ, १५ भदौ ।
  • प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।
  • प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ, १५ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर हुनुभएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ ।

निर्वाचनको तयारीका लागि पार्टीले आठ जिल्लाका सबै तहमा प्रचारसमिति गठन गर्र्नुका साथै सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरी प्रचार प्रचारलाई तीव्रता दिएइको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

निर्वाचन आचारसंहिताका कारण पार्टीले प्रचारका लागि ठूला आमसभाभन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते भएको थियो भने दोस्रोचरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा भएको थियो ।

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रोचरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताका लागि स्वयंसेवकसहित ३१ हजार भन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ ।

प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ram Bahadur Bist

    India le kosi ma bad badx ab rukha ko jara bad le bagaux

    Comment Author

    Shyam Bista

    Chor Congress

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?