चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
सारांश
- वीरगञ्ज ।
- मधेसमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर नै चलेको छ ।
- भदौ १५ अर्थात गत बिहीबार मात्रै रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
वीरगञ्ज । मधेसमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर नै चलेको छ । भदौ १५ अर्थात गत बिहीबार मात्रै रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
रौतहट जिल्लाका चार स्थानमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी ३६०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
यस्तै आज आइतबार पनि वीरगञ्ज महानगरपालिका-१३, प्रसौनीमा ३०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान आयोजित पार्टी प्रवेश कार्यक्रममा ३०० जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता, जनताकाो मुक्ति र विकासका लागि माओवादी केन्द्रले जित्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता उर्मिला अर्यालले महिला, दलित, जनजातिलाई नागरिक सम्झने पार्टी माओवादी मात्रै भएको बताइन् ।
माओवादी केन्द्रले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीब्र पारेको छ ।
अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको बिभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताउँदै आएका छन् ।
एमालेका एक नेताले मधेसबाट माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर देख्दा आफू अच्चमित भएको समेत बताए । मधेसमा माओवादीमा प्रवेश गर्नेको लहर देखेपछि कांग्रेस र एमालेमा रुवाबासी चलेको छ ।
Om Bhujel
हारूपा पाटिमा काेजानि हाे अबत याेपाटिकाे नाम ईतिहासमा खाेजनु परला कमरेड जिउ
आधार बिन्दु
अब एमालेले चुरिफुरी नगरे हुन्छ।मधेशमा एमालेको नामोनिशान मेटिनेवाला छ!१५ दिन कुर एमालेको हालत के हुँदैछ।पहाडको फुर्तिफार्ती सब जिरो हुँदैछ।
Raju Timilsina
15 दिन पछि हेर्न वाकी छ हजुर कति प्रवेश गरेका हुन्
Shreejan Bhansakarya
अब पनि माओवादी भन्ने बाट आशा राख्नु भनेको गोरू दुहेर दूध दहि को आशा राख्नु हो।
Binod Kumar Kohli
kasko aasa garne ho ra maobadiko nagare? kun chahi le pagad uchaleko xa ra maobadi le bahek?
Kumar Sherpa
माओ बादिमा जानेको भिड़ त बडेयो ?
चुनाब पछि नाम निसाना हराउंने हो !
किन भने हावा गफ छांटेरे के गर्ने माओ बादिमा पनि कोहि प्रबेस गर्छ ?
माओ बादिमा त चोर ,गुण्डा ,ज्यान मारा,भ्रष्टाचारी मात्र प्रबेस गर्छ ।
तराईका सोझा सिधा र सकक्षाम नेता कार्य कर्ता हरुले चुनाबमा माओ बादि लाई पत्ता साफ गर्ने निस्चितछ ।
Saraswoti Kc
good news