आज विश्व गैँडा दिवस ः गैँडा संरक्षणबारे अन्तरक्रिया

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • रत्ननगर, चितवन, ६ असोज ः विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा संरक्षणका लागि सामूहिक प्रयास जरुरी रहेको संरक्षणसँग सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।
  • विश्व गैँडा दिवसको सन्दर्भमा आज चितवनको रत्ननगरस्थित सौराहामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले दुर्लभ एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै रहेकाले संरक्षणमा जोड दिएका हुन् ।
  • चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन र वन्यजन्तु जोगाउन निकुञ्जको प्रयास मात्रै पर्याप्त नहुने भन्दै स्थानीय समुदाय र सङ्घसंस्थाको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

रत्ननगर, चितवन, ६ असोज ः विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा संरक्षणका लागि सामूहिक प्रयास जरुरी रहेको संरक्षणसँग सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

विश्व गैँडा दिवसको सन्दर्भमा आज चितवनको रत्ननगरस्थित सौराहामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले दुर्लभ एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै रहेकाले संरक्षणमा जोड दिएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले वन र वन्यजन्तु जोगाउन निकुञ्जको प्रयास मात्रै पर्याप्त नहुने भन्दै स्थानीय समुदाय र सङ्घसंस्थाको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।

सौराहामा रहेको बाघ संरक्षण उपसमिति, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत पर्यटन र संरक्षणसँग सम्बन्धित झण्डै २० वटा सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत पाठकले गैँडाको हालसम्मको अवस्थाबारेको विवरण प्रस्तुत गर्नुभएको थियो । बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जितु तामाङले स्थानीयवासीको सक्रियताकै कारण चितवनमा संरक्षण कार्य प्रभावकारी भए पनि अझै गैँडा जोगाउन ठूलै चुनौती रहेको बताउनुभयो । उहाँले शून्य चोरी–शिकारलाई कायम राख्न अझै संरक्षणमा नयाँ योजना ल्याई चोरी–शिकार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउनुपर्ने र घाँसेमैदान व्यवस्थापनमा समेत ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो गणनाअनुसार चितवनमा ६०५ गैँडा रहेका र चितवन नै नेपालमा सबैभन्दा बढी गैँडा चितवन निकुञ्जमा भएकाले यहाँ पर्यटन र संरक्षणलाई सँगसँगै लैजानुपर्नेमा सहभागीहरूजोड दिएका थिए ।
निकुञ्जले स्थानीय प्रशासन, प्रहरी, अनुसन्धान ब्यूरो र स्थानीय समुदायको सहकार्यमा संरक्षणका कार्यक्रम अघि बढाएकाले विगतमा एक हजार दिनभन्दा बढी शून्य चोरी–शिकार समय मनाइसकेपछि पश्चिम चितवनको जगतपुरमा तस्करले एउटा गैँडा मारेकाले शून्य चोरी–शिकार वर्ष कायम राख्न निकुञ्जसामु ठूलो चुनौती रहेको सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । पछिल्लो समयमा विद्युत् प्रवाह भएर तथा विभिन्न कारणले गैँडा मर्ने क्रम बढिरहेको छ । गएको साउन र भदौमा मात्रै यहाँ नौवटा गैँडा मरेको छ । अघिल्लो वर्ष विभिन्न कारणले चितवनमा २५ गैँडा मरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Crews battling 250-acre brush fire in Wood Canyon; thousands of evacuations underway in Laguna Beach, Aliso Viejo
Crews battling 250-acre brush fire in Wood Canyon; thousands of evacuations underway in Laguna Beach, Aliso Viejo
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
राजपा र संघीय फोरमको चेतावनीःआधिकारिक उम्मेदवारलार्य समर्थन गर्न उर्दी ।
नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता
नौ महिनामा दुई खर्ब लगानी प्रतिबद्धता
Methods to Be a Sugars Baby On-line
रोग लिएर फर्कन्छन् महिला कामदार
रोग लिएर फर्कन्छन् महिला कामदार
पूर्वप्रधानमन्त्री डा.गिरीको आज अन्तेष्टि
पूर्वप्रधानमन्त्री डा.गिरीको आज अन्तेष्टि
को हुने मुख्यमन्त्री ? एमालेमा रडाको, पाँच नम्बरमा शंकर पोख्रेललाई हाइसञ्चो
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com