सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
५८ पटक हेरिएको
Shares
सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ

सारांश

  • आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
  • स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताउनुभयो ।
  • जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो ।

आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताउनुभयो ।

जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो । सप्तरी क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको प्रहरीले जनाएको छ ।

क्षेत्र नं ३ मा अति संवेदनशील ७७ र संवेदनशील १७ तथा क्षेत्र नं ४ मा अति संवेदनशील ५१ र संवेदनशील २३ रहेको बताइएको छ । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको सुरक्षा समितिको भनाइ छ । पार्टी–पार्टीबीच अन्तरद्वन्द्व तथा जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदान स्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

जिल्लामा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पार्न जिल्लाको सम्पूर्ण मतदानस्थललार्ई वर्गीकरण गरी सोहीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी गरी चार हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

जिल्लामा निर्वाचनका लागि २९५ मतदान स्थलमा ७८ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा प्रदेश सभा सदस्यतर्फ आठ र प्रतिनिधि सभा सदस्यतर्फ चार पदका लागि १५४ जना उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सप्तरीमा भन्ने कुल तीन लाख ४६ हजार २१४ जना मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय
भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय
चट्याङ लागेर एकै घरका तीन जना घाइते
चट्याङ लागेर एकै घरका तीन जना घाइते
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
कोरोना अपडेटः कति थपिए शुक्रवार कोरोना संक्रमित ?
कोरोना अपडेटः कति थपिए शुक्रवार कोरोना संक्रमित ?
धानको बिउ राख्न जाँदा भीरबाट खसेर मृत्यु
धानको बिउ राख्न जाँदा भीरबाट खसेर मृत्यु
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ
देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’