बंगलादेशलाई ४० ओभरमा १ सय ८१ रनको लक्ष्य
सारांश
- काठमाडौं, २६ कार्तिक।
- मलेसियामा जारी एसिसी यु-१९ युथ कप क्रिकेटमा बंगलादेशले ४० ओभरमा १ सय ८१ रनको लक्ष्य प्राप्त गरेको छ।
- वर्षाले प्रभावित खेलमा नेपालले ६ विकेट गुमाउँदै ४० ओभर १ बलमा १ सय ६७ रन बनाएको थियो।
काठमाडौं, २६ कार्तिक। मलेसियामा जारी एसिसी यु-१९ युथ कप क्रिकेटमा बंगलादेशले ४० ओभरमा १ सय ८१ रनको लक्ष्य प्राप्त गरेको छ। वर्षाले प्रभावित खेलमा नेपालले ६ विकेट गुमाउँदै ४० ओभर १ बलमा १ सय ६७ रन बनाएको थियो। त्यसपछि किनररस्थित खेलमा मैदानमा पानी पर्योपछि खेल रोकिएको थियो। डकवर्थ लेविस नियमअनुसार बंगलादेशले नयाँ लक्ष्य प्राप्त गरेको हो।
टस हारेर ब्याटिङ गरेको नेपालले भीम सार्की र रोहित पौडेलले पाँचौ विकेटका लागि ७९ रनको साझेदारी गर्दै उकासेका थिए। भीमले ४४ र रोहितले ४० रन बनाए।
Rain has stopped at the Kinrara Oval!
The revised target for BAN (U-19) is 181 in 40 overs
MD Naim Sheikh and P Ghosh come into bat #BANvNEP #ACC #YAC— AsianCricketCouncil (@ACCMedia1) November 11, 2017
प्रतिक्रिया