चुनावको अघि पुल बनाउ नापजाँच

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
चुनावको अघि पुल बनाउ नापजाँच

सारांश

  • मुस्ताङ, २६ कार्तिक।
  • पहिलो चरणको प्रतिनिधिसभा चुनाव ठिकअघि मुस्ताङमा पुल बनाउने भन्दै जिल्ला इन्जिनियरले नापजाँच गर्न टोली खटाएका छन्।
  • गत स्थानीय चुनावको समयमा ढुम्बावासीलाई पुल बनाइदिने भन्दै त्यस समयमा वाणिज्य मन्त्री तथा हालका प्रतिनिधिसभाका उम्मेदवार रोमी गौचनले आश्वासन दिएका थिए।

मुस्ताङ, २६ कार्तिक। पहिलो चरणको प्रतिनिधिसभा चुनाव ठिकअघि मुस्ताङमा पुल बनाउने भन्दै जिल्ला इन्जिनियरले नापजाँच गर्न टोली खटाएका छन्। गत स्थानीय चुनावको समयमा ढुम्बावासीलाई पुल बनाइदिने भन्दै त्यस समयमा वाणिज्य मन्त्री तथा हालका प्रतिनिधिसभाका उम्मेदवार रोमी गौचनले आश्वासन दिएका थिए।

तर चुनावी सकिएको लामो समयसम्म पनि काम अघि बढ्न नसकेपछि स्थानीय बासिन्दाले चुनाव प्रचारमा आएका गौचनसँग प्रश्न गरेका थिए। त्यस लगत्तै जिल्लाका इन्जिनियर रवीन्द्र तिवारीले प्राविधिक टोली पठाएर सर्वे गर्न लगाएका थिए। तर स्थानीय बासिन्दा र अन्य राजनीतिक दलहरुले सरकारी योजना नभएको र कुनै भावी गुरुयोजना समेत नभएको ढुम्बा खोलामा पूलको नक्कली सर्भे गरेर ढाट्न खोजेको आरोप लगाएका छन्।

‘नापजाच गरेपछि जनताले पत्याउँछन् भन्ने काग्रेसको रणनिति उदाङ्गो भएको छ ।जिल्लाको बहालवाला ईन्जिनीयरले कुनै बिभागिय पत्र बिना पूलको सर्भे र लागत ईष्टमेट गर्न फिल्डमा जानु निर्वाचन आचारसहिंता बिपरित भएको एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रेम प्रसाद तुलाचनले बताए ।

उनले निर्वाचन नजिक आईरहेको बेला सरकारी कार्यालयका कर्मचारीले यसप्रकारको गतिबिधि गर्न आचारसहिता उलङ्घन भएको बताए।

जिल्ला ईन्जिनीयर रबिन्द्र तिवारीले आफुले पूलको सर्भे गराउँन पठाउँन गम्भिर भूल भएको भन्दै माफी मागेका छन् ।

मुस्ताङसहित ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते चुनाव हुँदैछ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन  !
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन !
वृद्धवृद्धा हुँदा कस्तो देखिन्छन् दीपिका पादुकोण र रणवीर सिंह ?
वृद्धवृद्धा हुँदा कस्तो देखिन्छन् दीपिका पादुकोण र रणवीर सिंह ?
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए
बालुवाटार जग्गा प्रकरण : माधव नेपाल पछि बाबुराम भट्टराई पनि मुछिए
आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने
आजदेखि त्रिभूवन विमानस्थल ७ घण्टा बन्द हुने
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
साग महिला भलिबलमा आज नेपाल भारतसँग खेल्दै
४० हजारमा लाइसेन्स !
४० हजारमा लाइसेन्स !
काभ्रेको पछिल्लो मतपरिणाम !
काभ्रेको पछिल्लो मतपरिणाम !
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल
व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि( डोरमणि पौडेल