जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जनताको कामको नेतृत्व लिन्छु- रामचन्द्र झा

सारांश

  • काठमाडौं, २७ कार्तिक।
  • बाम गठबन्धनबाट धनुषा २ को प्रतिनिधिसभाका उम्मेदवार रामचन्द्र झाले आफूलाई अब जिताएर पठाए जनताको कामको नेतृत्व लिने बताएका छन्।
  •   बाम गठबन्धनको उम्मेदवारलाई भारी मतले जिताउन अपिल गर्दै उनले संसदको पछिको सीट नभै अघि बसेर जनताको आबाजलाई सरकारसम्म पुर्‌याउन अहम भुमिका निर्वाह गर्ने दाबी गरेका छन।

काठमाडौं, २७ कार्तिक। बाम गठबन्धनबाट धनुषा २ को प्रतिनिधिसभाका उम्मेदवार रामचन्द्र झाले आफूलाई अब जिताएर पठाए जनताको कामको नेतृत्व लिने बताएका छन्। 

बाम गठबन्धनको उम्मेदवारलाई भारी मतले जिताउन अपिल गर्दै उनले संसदको पछिको सीट नभै अघि बसेर जनताको आबाजलाई सरकारसम्म पुर्‌याउन अहम भुमिका निर्वाह गर्ने दाबी गरेका छन। नेता झाले प्रचार प्रसारलाई तीव्रता दिंदै सोमबार मौग्राहा र तिलकौरीया चौकमा चुनाबी सभा सम्पन्न गरे।

सभामा नेता झाले एक वर्षभित्र क्षेत्र नम्बर २ लाई सडक सन्जालबाट जोडने, कमला नदीसंग जोडिएका गाउँहरुलाई उखु खेतीको हब बनाई नगदेबालीमार्फत कृषकहरुलाई आत्मनिर्भर बनाउने, तरकारी खेतीलाई आधुनिकीकरण गरि एग्रिकल्चर जोन बनाउने, धबौलीको निमुवा टोलमा रहेको जैन धर्महरुको तीर्थ स्थललाई धार्मिक पर्यटकीय नगरी बनाउनेसहित योजनाहरु अघि सारेर चुनावी अभियानलाई अघि बढाएका छन् । साथै झाले कमला लगायत विभिन्न नदीहरुमा फिसिङ, बोटीङ र कृषि पर्यटनको रुपमा विकास गर्ने, नगरपालिका र गाउँपालिकाहरुको पुर्बाधारको बिकास गर्ने लगायतका प्रतिबद्धताहरु जनाएका छन्।

उनले उत्पीडित बर्गको उन्मुक्तिको लागि बामगठबन्धनले घोषणा गरेको पाँच बर्षिय योजना लागु गर्न यस क्षेत्रमा बाम उम्मेदवारहरुलाई विजयी गराउन माँग समेत गरेका छन्।

झाको प्रचारमा एमाले केन्द्रिय सद्स्य रत्नेश्वर लाल गोईत, माओवाद सचिबालय सदस्य जोगकुमार वरबरीया(श्रवण), महादेब यादब, एमाले नेता जयप्रकाश सुनरैत, एमाले नेतृ शिला यादब, पुर्ब सांसद रामअवतार पासवानसहितको टोली परिचालन भएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?