लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा -बालकृष्ण खाँण
सारांश
- काठमाडौँ, ११ मंसिर नेपाली काँग्रेसका नेता एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले पहिलो चरणमा सम्पन्न निर्वाचनबाट लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा मिलेको बताउनुभएको छ ।
- नेता खाँणले यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा जनताको साथ, सहयोग र समर्थनले लोकतन्त्रलाई सुदृढ गर्ने र काँग्रेसलगायत सबै राजनीतिक दललाई निर्वाचनले थप प्रेरणा मिलेको उल्लेख गर्नुभएको छ ।
- संयोजक खाँणद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानानुसार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया