बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ

सारांश

  • बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुन सहित एक जनालाई पक्राउ गरिएको छ ।
  • सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो ।
  • काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुन सहित पक्राउ गरेको हो ।

बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुन सहित एक जनालाई पक्राउ गरिएको छ । सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो ।

काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुन सहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सर भित्र लुकाएर अवैध सुन काठमाडौं ल्याएका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
राजधानीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?