मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७३
|
|
७९३ पटक हेरिएको
Shares
मधेसमा छैन होलीको रौनक, शोकमा सामुहिक केश मुण्डन

सारांश

  • तराई/मधेसका जिल्लाहरुमा सोमबार होली मनाइरहे पनि कुनै रौनक र उत्साह देखिएको छैन ।
  • होलीको दिन सप्तरीसहितका जिल्ला शोकसँगै आक्रोशमा देखिएका छन् ।
  • रंग र अबिर लगाउने दिनमा सप्तरी सदरमुकाम राजविराजमा सामूहिक मुण्डन गरिएको छ भने होलिका दहन गर्नुपर्ने ठाउँमा एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाइएको छ ।

तराई/मधेसका जिल्लाहरुमा सोमबार होली मनाइरहे पनि कुनै रौनक र उत्साह देखिएको छैन । होलीको दिन सप्तरीसहितका जिल्ला शोकसँगै आक्रोशमा देखिएका छन् ।

रंग र अबिर लगाउने दिनमा सप्तरी सदरमुकाम राजविराजमा सामूहिक मुण्डन गरिएको छ भने होलिका दहन गर्नुपर्ने ठाउँमा एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाइएको छ ।

सप्तरीको मलेठ गाविसमा फागुन २३ गते भएको गोलीकाण्डमा पाँच जना मारिएको शोकमा सोमबार बिहानै सामूहिक मुण्डन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा भएको यो कार्यक्रममा केही सञ्चारकर्मीले समेत मुण्डन गराएका छन् ।

मृतकहरुको आत्माको शान्तिको कामना गर्दै गरिएको सामूहिक मुण्डन कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, सुर्यनाथ यादव, अशोक यादव, प्रदेश सचिव शम्भु झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सतिश सिंह, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, दिपेन्द्र चौधरी, सत्यनारायण यादव, जिल्ला अध्यक्ष सुनिल झा, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सदभावना निकट रक्षा बाहिनीका अध्यक्ष बिनोद यादव, मधेसी मोर्चाका जिल्ला संयोजक दिनेश यादव, संघीय समाजवादी फोरम नेपालका युवा नेता नवनीत झा, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवसहित तीन दर्जनले सामूहिक मुण्डन गरेका छन् ।

यस्तै पत्रकार रामनारायण विश्वास र श्यामसुन्दर यादवले समेत मुण्डन गराएका छन् ।

सामूहिक मुण्डन पश्चात राजविराजको गजेन्द्र चोकमा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गरिएको छ । होलीकाको ठाउँमा ‘ओलीका’ दहन गरिएको मोर्चा कार्यकर्ताहरुले बताएका छन् ।

मोर्चाका नेताहरुले यस पटकको होली तडकभडकका साथ नमनाउन जिल्लाबासीसँग अपिल गरिसकेका छन् । मलेठ घटनापछि मोर्चा समर्थक जिल्लाबासीले होली नमनाउने उदघोष सामाजिक संजालहरुबाट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत
सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
कृषि अर्थतन्त्र ओरालोतर्फ- उपराष्ट्रपति पुन
कृषि अर्थतन्त्र ओरालोतर्फ- उपराष्ट्रपति पुन
रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि
ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ घाइते, २ को अवस्था गम्भीर
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

तपाईंले छुटाउनुभयो कि?