नयाँ सरकारसँग काम गर्न इच्छुक : अमेरिका

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
३३ पटक हेरिएको
Shares
नयाँ सरकारसँग काम गर्न इच्छुक : अमेरिका

सारांश

  • काठमाडौं : अमेरिकाले नेपाल सरकारलाई चुनावको सफल आयोजनाका लागि बधाई दिएको छ ।
  • संघ र प्रदेश दुवैका चुनाव सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै उसले नेपाली जनता र सरकारको प्रशंसा गरेको हो ।
  • ‘शान्तिपूर्ण, व्यवस्थित प्रतिनिधिसभा र प्रदेश चुनाव आयोजना भएको, र मतपरिणामसम्मका चुनौतीपूर्ण प्रक्रिया सफलतापूर्वक पार गरेको अवसरमा हामी बधाई दिन चाहन्छौं,’ वक्तव्यमा भनिएको छ, ‘यो चुनाव नेपालको लोकतान्त्रिक यात्राका लागि कोसेढुंगा हुन पुगेको छ ।

काठमाडौं : अमेरिकाले नेपाल सरकारलाई चुनावको सफल आयोजनाका लागि बधाई दिएको छ । संघ र प्रदेश दुवैका चुनाव सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै उसले नेपाली जनता र सरकारको प्रशंसा गरेको हो ।

‘शान्तिपूर्ण, व्यवस्थित प्रतिनिधिसभा र प्रदेश चुनाव आयोजना भएको, र मतपरिणामसम्मका चुनौतीपूर्ण प्रक्रिया सफलतापूर्वक पार गरेको अवसरमा हामी बधाई दिन चाहन्छौं,’ वक्तव्यमा भनिएको छ, ‘यो चुनाव नेपालको लोकतान्त्रिक यात्राका लागि कोसेढुंगा हुन पुगेको छ । हामी यसपछि बन्ने निर्वाचित नयाँ सरकारसँग सहकार्य गर्नका लागि इच्छुक छौं ।’ अमेरिकाले यो चुनावमार्फत संघीयता र सरकारी संस्थाहरूको सबलीकरण हुने, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा जाने विश्वास लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?