यी २ नेतालाई प्रचण्डले किन ढाँटे ? पार्टी पुनर्गठन गर्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यी २ नेतालाई प्रचण्डले किन ढाँटे ?  पार्टी पुनर्गठन गर्ने चेतावनी

सारांश

  • काठमाडौं, पुस १० ।
  • नेकपा एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रभित्र असन्तुष्टि जनाएका नेताहरुले पार्टी पुनर्गठन गर्ने बताएका छन् ।
  • हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रले पार्टी एकताको कामलाई तीव्रता दिइरहेका बेला माओवादी केन्द्रका गोपाल किराँती, विश्वभक्त दुलाल (आहुती) लगायत नेताहरुले पार्टी एमालेसँग विलय हुन लागेको भन्दै माओवादीको पुनर्गठनमा आफूहरु लाग्ने बताएका हुन् ।

काठमाडौं, पुस १० । नेकपा एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रभित्र असन्तुष्टि जनाएका नेताहरुले पार्टी पुनर्गठन गर्ने बताएका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेको एमाले र माओवादी केन्द्रले पार्टी एकताको कामलाई तीव्रता दिइरहेका बेला माओवादी केन्द्रका गोपाल किराँती, विश्वभक्त दुलाल (आहुती) लगायत नेताहरुले पार्टी एमालेसँग विलय हुन लागेको भन्दै माओवादीको पुनर्गठनमा आफूहरु लाग्ने बताएका हुन् ।

‘म माओवादीको पुनर्गठनमा लाग्छु । पार्टीले कम्युनिष्टहरुलाई छोड्दैछ । सच्चा कम्युनिष्टहरु हामी एक ठाउँमा नै रहन्छौं । आहुतीजीलगायत केही युवा साथीहरुसँग कुरा भइरहेको छ,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल किराँतीले भने ।

किराँतीले आफूहरु एकता विरोधी नभएको भन्दै एमालेले माक्र्सवाद र लेलिनवाद मानेमा स्वीकार्ने बताए । उनले भने, ‘माक्र्सवाद र लेलिनवादको सिद्धान्त मान्ने भए हामी पनि एकतालाई स्वीकार गर्छौं । एमालेको बहुदलीय जनवाद हामीले पहिले पनि मानेनौं, अब पनि मान्दैनौं ।’

पार्टी एकताको विषयमा आफूहरुलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायत केही नेताहरुले ढाँटेको आरोपसमेत उनले लगाए । ‘माओवादी केन्द्रका कयौं नेताहरु आत्मसमर्पणको तयारीमा छन् ।

हामी त्यसरी आत्मसमर्पण गर्दैनौं,’ किराँतीले भने, ‘एमालेसँग गठनबन्धन कायम राखे भइहाल्यो, किन लाचार भएर एकतामा हामफाल्न पर्यो भनेर अध्यक्षलगायत केही नेताहरुलाई भनिराखेका छौं । उहाँहरुले हामीसँगको भेटमा त्यस्तो होइन भन्नुहुन्छ, भाषणचाहिँ अर्कै गर्नुहुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?