ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
४० पटक हेरिएको
Shares
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’

सारांश

  • काठमाडौं, १४ पुस ।
  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले अनावश्यक दबाब सिर्जना गरेर राष्ट्रपतिलाई अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन् ।
  • नेपाल पर्वतारोहण संघको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताए ।

काठमाडौं, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अनावश्यक दबाब सिर्जना गरेर राष्ट्रपतिलाई अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन् ।

नेपाल पर्वतारोहण संघको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताए ।

सिटकै लागि असंवैधानिक तारिकाले राष्ट्रपतिलाई दबाब सर्जना गरेर अध्यादेश पास गराईएको ओलीको भनाई छ । मिडियाले पनि राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको भन्दै उनले आफू शितल निवास नगएको स्पष्ट पारे । उनले कांग्रेसहरुले पटक–पटक आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए ।

नाकाबन्दीका बेला पनि छिमेकी सम्बन्ध बिगारेको आरोप लगाएको भन्दै उनले भारतसँगको सम्बन्ध पनि आफू नेतृत्वकै सरकारले प्रगाढ बनाएको दाबी गरे ।

अध्यक्ष ओलीले एमालेलाई जालझेल गरेर जितेको आरोप लगाउने गरेको भन्दै एमाले झ्यालबाट नभई हाइवेबाट यहाँसम्म आईपुगेको धारणा पनि राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता कसुरका आरोपी धरौटीमा रिहा
नागरिकता कसुरका आरोपी धरौटीमा रिहा
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीन युवक पक्राउ
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
तीजलाई महङ्गो, देखासिकी र भड्किलो नबनाऔँ
तीजलाई महङ्गो, देखासिकी र भड्किलो नबनाऔँ
के कारण यौनसम्पर्कै गर्न मन लाग्दैन ?
के कारण यौनसम्पर्कै गर्न मन लाग्दैन ?
मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत
मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
सावधानः यी प्रतिबन्धित जुस बजारमा खुलेआम बिक्रि भइरहेका छन्
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने
जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने