मेसीको पेनाल्टीमा अर्जेन्टिना बिजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ११, २०७३
|
|
३२२ पटक हेरिएको
Shares
मेसीको पेनाल्टीमा अर्जेन्टिना बिजयी

सारांश

  • २०१८मा हुने रुस विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलले हराएको छ ।
  • जितसँगै अर्जेन्टिना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
  • घरेलु मैदानमा अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले १६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

२०१८मा हुने रुस विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलले हराएको छ । जितसँगै अर्जेन्टिना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले १६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

त्यसयता चिलीले थुप्रै गोलका अवसर पाए पनि गोल भने गर्न सकेन ।

६५ औं मिनेटमा चिलीका एलेक्सिस पान्सेसले प्रहार गरेको फ्री किक क्रसबारमा लागेर बाहिरिएको थियो । गतवर्ष सम्पन्न कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित भएको थियो । त्यसअर्थमा अर्जेन्टिनाले बदला लिएको छ ।

जितसँगै अंक तालिकामा अर्जेन्टिना तेस्रो स्थानमा उक्लिएको हो ।

अर्जेन्टिनाको १३ खेलबाट २२ अंक भएको छ । त्यसअघि समान खेलबाट उरुग्वेको २३ र ब्राजिलको ३० अंक छ ।

आजै भएको खेलमा ब्राजिलले उरुग्वेलाई ४-१ले हराउँदै शीर्ष स्थानमा ७ अंकको अग्रता बनायो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
चिनियाँ बिदेशमन्त्री नेपालमा
चिनियाँ बिदेशमन्त्री नेपालमा
तिनाउ–कालीगण्डकी डाइभर्सन अपरिहार्य
तिनाउ–कालीगण्डकी डाइभर्सन अपरिहार्य
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब-योजना आयोग
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ
मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
मदिराले मातेका मित्रको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु
वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय
वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय

तपाईंले छुटाउनुभयो कि?