व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
व्यवसायीहरुको सहयोगसँगै पर्यटन विकासको लागि नेपाल प्रहरी लागिपर्ने : सर्वेन्द्र खनाल

सारांश

  • काठमाडौं, पुस २० ।
  • महानगरिय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खनालले सुरक्षित पर्यटनको लागि नेपाल प्रहरी हर किसिमले लागिपर्ने बताएका छन् ।
  • उनले त्यसको लागि पर्यटन व्यवसायीहरुको पनि सहयोगको आवश्यकता रहने बताएका छन् ।

काठमाडौं, पुस २० । महानगरिय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खनालले सुरक्षित पर्यटनको लागि नेपाल प्रहरी हर किसिमले लागिपर्ने बताएका छन् । उनले त्यसको लागि पर्यटन व्यवसायीहरुको पनि सहयोगको आवश्यकता रहने बताएका छन् ।

मंगलबार पर्यटक प्रहरी ईलाका भृकुटीमण्डपले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले पर्यटन क्षेत्र आर्थिक समृद्धिको मुख्य आधार स्तम्भ भएकोले यसलाई शान्ति क्षेत्र बनाउन नेपाल प्रहरीले कुनै कसर नराख्ने बताए ।

नेपाल पर्यटन बोर्डका सीईओ दिपक राजजोशीले पर्यटन प्रर्वद्धन र पर्यटकीय गन्तव्य सुरक्षित बनाउनको लागि बोर्डले आवश्यक गृहकार्य गरिरहेको बताए । उनले पर्यटन व्यवसायीका समस्या समाधानका लागि पर्यटन बोर्ड दत्तचित्तका साथ अघि बढिरहेको बताए ।

त्यस्तै राष्ट्रिय यातायात महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले पर्यटन ऐन र यातायात ऐन व्यवहारिक रुपमा काम गर्नको लागि बाजिएकोले उक्त ऐनहरु समय सापेक्ष रुपमा संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले पर्यटन सवारी साधानलाई धरकपड गर्ने लगायत पर्यटक सवार साधनहरुलाई अनावश्यक झमेला दिने कार्य भईरहेको भन्दै त्यस्तो कार्य तत्काल रोकिनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?