एमाले अध्यक्ष केपी ओली बैंकक जाँदै
सारांश
- काठमाडौं, पुस २१ ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् ।
- नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
काठमाडौं, पुस २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।
मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओली चुनावी व्यस्तताका कारण जान नसकेका स्रोतले जनाएको छ । चुनावको बेला व्यस्त रहेका ओली चुनावपछि पनि सक्रिय थिए ।
केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् । ओलीले सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् ।
अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ ।
ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया