नारायणी किनारमा नेपथ्यको ब्यान्ड, अमृत गुरुङले उफारे
सारांश
- चितवन, माघ ३ ।
- सोमबार साँझ (माघे संक्रान्ती) को दिन नारायणी नदी किनारमा दर्शकश्रोताले तीन सहरको म्युजिकल टुरमा निस्केको नेपथ्य ब्यान्ड दोस्रो प्रस्तुति हेर्नसँगै सुन्न पाए ।
- लोकरक ब्यान्डका कर्णप्रिय गीतहरु गाउँदै नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले करिब ७ हजार दर्शकश्रोतालाई भरपुर मनोरन्जन दिए ।
चितवन, माघ ३ । सोमबार साँझ (माघे संक्रान्ती) को दिन नारायणी नदी किनारमा दर्शकश्रोताले तीन सहरको म्युजिकल टुरमा निस्केको नेपथ्य ब्यान्ड दोस्रो प्रस्तुति हेर्नसँगै सुन्न पाए ।
लोकरक ब्यान्डका कर्णप्रिय गीतहरु गाउँदै नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले करिब ७ हजार दर्शकश्रोतालाई भरपुर मनोरन्जन दिए ।
ब्यान्डका अगुवा गायक अमृत गुरुङले सुरुआत गरेका थिए ‘कुरूप अनुहार’ गीतमार्फत । दर्शकश्रोताको भीडमा उनले ‘भेडाको ऊनजस्तो’ ले उफारे । ‘छेक्यो छेक्यो’ र ‘आँगनैभरि’ गाउने क्रममा उनले ब्यान्ड स्थापनाताका कुरा पनि सुनाए ।
अमृतले ‘शिरफूल शिरैमा,’ ‘लामपाते सुर्ती,’ ‘चरी र्मयो,’ ‘जोमसोमै बजारमा,’ ‘जोगले हुन्छ भेट’ गाउँदै दर्शकश्रोतालाई उत्साहित बनाइरहे । भीडमा नचाच्ने कोही भएन । रात छिप्पिँदै गए पनि स्टेजको रंगीन प्रकाशले नदीकिनारलाई झिलीमिली बनाइरहेको थियो ।
अमृतले ‘तिमी पनि नेपाली,’ ‘यो जिन्दगानी,’ ‘कोशीको पानी,’ ‘हिमाल चुचुरे,’ ‘मै नाचेँ छमछमी’ गाइरहँदा दर्शकदीर्घाबाट ‘रेशम’ र ‘तालको पानी..’ गाउन फर्माइस आइरहयो । उनले फर्माइस पूरा गर्न बिर्सिएनन् । उनले ‘गाउँगाउबाट उठ’ गाउनुअघि डा. गोविन्द केसीलाई सम्झिए । चिकित्सा क्षेत्र सुधारका निम्ति अनशन बस्दै आएका केसीको अभियानमा आफ्नो समर्थन रहेको उनले खुलेर सुनाए ।
लाइभ कन्सर्ट’ मा ब्यान्डका पुराना सदस्यहरूको सम्झनारूपी तस्बिरसहितको भिडियो पनि देखाइयो ।
उनले चन्द्र र सूर्य झन्डामा कसैले पनि दाग लगाउन नपाओस् भन्दै ‘रातो र चन्द्रसूर्य’ गीत गाउँदै कन्सर्टको बिट मारे । राति आठ बजेसम्म उनले लगातार २० गीत गाए ।
नेपथ्य अहिले २५ औं स्थापना दिवस मनाइरहेको छ ।
(Klonopin)
प्रतिक्रिया