ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्के

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्के

सारांश

  • काठमाडौँ, माघ ८।
  • कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा छानबिनमा तानिएका पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न आइतबार ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्केको छ ।
  • अाजकाे कान्तिपुर दैनिकमा खवर छ-ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएको थियो ।

काठमाडौँ, माघ ८। कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा छानबिनमा तानिएका पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न आइतबार ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्केको छ ।

अाजकाे कान्तिपुर दैनिकमा खवर छ-ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएको थियो ।

ललितपुर प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले सिलवालकै खोजीका लागि मात्रै प्रहरी परिचालन नभएको बताए । उनले त्यसलाई नियमित परिचालनका रूपमा अथ्र्याए । स्रोतका अनुसार परिसरले सिलवालको खोजीमा महानगरीय प्रहरी कार्यालयबाट १ सय ५० जनाको थप मद्दत मागेको थियो भने परिसरबाट १५ जनासहित १ सय ६५ जनाको टोली खटिएको थियो ।

स्रोतका अनुसार टोलीले सिलवाल रहन सक्ने सम्भावित घर वरिपरि निगरानी गरेको थियो । दिनभर खोजीमा रहे पनि प्रहरीले सिलवाललाई फेला पार्न सकेन । कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको भन्दै सिलवालसँग सोधपुछ र बयान लिन काठमाडौं प्रहरीले उनलाई पक्रन गत पुस १८ मा ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?