राष्ट्रियसभामा ९ पार्टीका ८२ जनाको उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रियसभामा ९ पार्टीका ८२ जनाको उम्मेदवारी

सारांश

  • काठमाडौं, १० माघ ।
  •  राष्ट्रियसभाका ५६ सदस्यका लागि ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
  • निर्वाचन आयोगले दिएको जानकारी अनुसार ७ प्रदेशमा ९ पार्टीका ८२ जनाले उम्मेदवारी दिएका हुन् ।

काठमाडौं, १० माघ । राष्ट्रियसभाका ५६ सदस्यका लागि ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार ७ प्रदेशमा ९ पार्टीका ८२ जनाले उम्मेदवारी दिएका हुन् ।

आयोगका अनुसार प्रदेश १ मा १२, २ मा ९, ३ मा १६, ४ मा १२, ५ मा ११, ६ मा १२ र ७ मा १० जनाले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा कम उम्मेदवारी परेको प्रदेश २ मा ३ महिलासहित १ दलित र १ अपांग /अल्पसंख्यक निर्विरोध भएका छन् ।

त्यहाँ खुलातर्फका ३ सिटका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

देशभरि ९ पार्टीले उम्मेदवारी दिएका छन् । प्रदेश ६ र ७ मा भने कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्र उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?