आजदेखि निर्वाचन आचार संहिता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १२ माघ- निर्वाचन आयोगले माघ २४ मा हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ ।
  • निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरण गराउन आचार सहिता लाग्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
  • आचार संहितापछि सरकारले कर्मचारी सरुवा, बढुवा, नियुक्ति लगायतका काम गर्न पाउने छैन ।

काठमाडौं, १२ माघ- निर्वाचन आयोगले माघ २४ मा हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरण गराउन आचार सहिता लाग्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

आचार संहितापछि सरकारले कर्मचारी सरुवा, बढुवा, नियुक्ति लगायतका काम गर्न पाउने छैन । सरकार, मन्त्रि, जनप्रतिनिधि, स्थानीय तहका कर्मचारी, राजनीतिक दल, उम्मेदवार लगायतलाई आचार संहिता लाग्ने प्रवक्ता ढकालले बताए ।

कसलाई लाग्छ निर्वाचन आचारसंहिता आचार संहिता ?
(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) प्रदेश सरकार र स्थानीय तह,
(ग) प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति,
(ट) पर्यवेक्षक,
(ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ड) निजी तथा गैरसरकारी संस्था,
(ढ) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?