गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’

सारांश

  • काठमाडौं, १३ माघ ।
  • नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गोरखामा रहेको गोरखकाली र गोरखनाथ मन्दिरमा लामो पूर्जाअर्चना गरेका छन् ।
  • पत्नी रविलक्ष्मी चित्रकार, छोरा निर्भिक खनालसहित रहेका एमालेका नेता खनालले शुक्रबार गोरखकाली मन्दिरमा पूजा गरेका हुन् ।

काठमाडौं, १३ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गोरखामा रहेको गोरखकाली र गोरखनाथ मन्दिरमा लामो पूर्जाअर्चना गरेका छन् ।

पत्नी रविलक्ष्मी चित्रकार, छोरा निर्भिक खनालसहित रहेका एमालेका नेता खनालले शुक्रबार गोरखकाली मन्दिरमा पूजा गरेका हुन् । नेता खनालसँगै परिवारका अन्य सदस्यहरू पनि रहेका छन् ।

गोरखकाली दरबारभित्र रहेको काली छेउ पुगेर पूजारीसँग नेता खनालले टीका लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । गोरखकाली देवीको मूर्तिलाई भने कपडाले छोपेर राखिएको छ ।

गोरखनाथ गुफास्थित मन्दिरमा पूजा गरेपछि रोट पोल्ने ठाउँमा पुगेका खनाललाई पूजारी प्रदीपनाथ योगीले गोरखा दरबार बिकास तथा संरक्षण समिति गठन गरेर राज्य स्तरबाटै बजेट उपलब्ध हुने वातावरणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

योगीले खनाललाई टीका लगाइदिए भने प्रसादको रुपमा रोट, सुन्तला र स्याउ दिएका छन् । रोट खाँदै गर्दा झलनाथले योगीको हातबाट टीका थापेका सुरक्षाकर्मीलाई ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’ भनेर सम्झाएका थिए ।

साढुभाइको परिवार अमेरिकाबाट नेपाल आएको मौका पारेर देशका पुरातात्विक महत्वका दरबार, मन्दिर र सुन्दर बस्ती घुम्न निस्किएका नेता खनाल केही दिन घुमफिरमै लाग्ने जनाइएको छ ।

(www.bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?