५.५७ अंकले नेप्से बढ्यो, कारोबार कम
सारांश
- काठमाडौँ, माघ २१ ।
- गत साता सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम घटेको छ ।
- नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १४०५.
काठमाडौँ, माघ २१ । गत साता सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १४०५.९५ रहेको नेप्से ५.५७ अंकले बढेर १४११.५२ मा पुगेको छ । कारोबार रकम भने यस अवधिमा २१.२८ प्रतिशतले घटेको छ ।
अधिकांश कम्पनीको लाभांश वितरण भइसकेको तथा बजारमा तरलता अभावका कारण नेप्से ओरालो लागेको जानकार बताउँछन् ।
अघिल्लो साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयरहरू खरिद–बिक्री भएकोमा गत साता एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७३ हजार २० कित्ता सेयरहरू खरिद–बिक्री भएका छन् ।
साताभर एक सय ७२ कम्पनीको सेयर किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया