प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रचण्डविरुद्ध ‘कू’ गर्ने योजना बनेकै स्थानमा एमाले–माओवादीको संयुक्त प्रशिक्षण

सारांश

  • काठमाडौं, माघ २१।
  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले–माओवादी केन्द्रले संयुक्त प्रशिक्षण गरेका छन् ।
  • प्रशिक्षण आइतबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको छ ।

काठमाडौं, माघ २१। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमाले–माओवादी केन्द्रले संयुक्त प्रशिक्षण गरेका छन् । प्रशिक्षण आइतबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको छ ।

२४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने तरिका सिकाउन प्रदेश–३ को संयुक्त प्रशिक्षण गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दए । उनका अनुसार प्रशिक्षणमा दुबै पार्टीका प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहभागी रहेका छन्।

माओवादी नेता रामबहादुर थापा ‘बादल’, एमालेकी अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र काशीनाथ अधिकारीले प्रशिक्षण दिएका हुन् ।

सिद्धार्थ कटेज त्यही ठाउँ हो, जहाँ ०६८ मा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मोहन बैद्य किरणको अगुवाईमा माओवादी शीर्ष नेताहरु भेला भएर प्रचण्डलाई अध्यक्षबाट पदच्युत योजना बनाएका थिए । पदच्युत गर्नमा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरु सहभागी थिए।

माओवादीको इतिहासमा पहिलो पटक केन्द्रीय समितिमा प्रचण्ड विरुद्ध बहुमत जुटेकाे त्यो पहिलो भेला थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?