बाघ गन्न राखेका क्यामेरा नै हराए
सारांश
- काठमाडौं, २३ माघ – चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् ।
- केही वन्यजन्तुले क्षति पुर्याएका छन् ।
- निकुञ्जले गत मंसिर १४ बाट बाघ गणना र उनीहरूको गतिविधि हेर्न विभिन्न क्षेत्रमा क्यामेरा जडान गरेको थियो , यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
काठमाडौं, २३ माघ – चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् । केही वन्यजन्तुले क्षति पुर्याएका छन् । निकुञ्जले गत मंसिर १४ बाट बाघ गणना र उनीहरूको गतिविधि हेर्न विभिन्न क्षेत्रमा क्यामेरा जडान गरेको थियो , यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
रौतहटस्थित पौराई जंगलबाट स्थानीय बालकले २ वटा क्यामेरा फेला पारेको र ढुंगाले फुटाउन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त क्यामेरा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी शान्तिराज कोइरालाको पहलमा वन कार्यालयलाई जिम्मा लगाइएको छ ।
बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका क्यामेरा चोरी भएको र केहीमा वन्यजन्तुबाट क्षति पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । ‘केही स्थानका क्यामेरा हात्तीले फुटाएको पाइयो । केही चोरिएका छन् । केही थाहा नपाएर के रहेछ भन्दै लगेको पाइयो,’ उनले भने, ‘केही स्थानमा फेला पारी प्रहरीमार्फत फिर्ता ल्याइएको छ ।’
निकुञ्जका अनुसार पर्सा क्षेत्रको पहिलो ब्लकमा जडान गरिएका ३६, दोस्रोमा २६ र तेस्रो ब्लकमा ११ गरी ७३ वटा क्यामेरामध्ये ३५ वटा चोरी भएका छन् । झन्डै ३० वटा क्यामेरा हात्तीले फुटाइदिएका छन् । हराएकामध्ये ५ वटा फेला परेका थिए । बस्ती नजिक जडान गरिएका क्यामेरा बालबालिकाले खेलौना भनेर ल्याउने गरेका छन् । यहाँस्थित कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया