युवतीले सार्वजनिक बसमा हस्तमैथुन गर्ने व्यक्तिको भिडियो अपलोड गरेपछि…
सारांश
- सार्वजनिक बसमा युवतीसँग अश्लील व्यवहार गर्ने र हस्तमैथुन गर्ने व्यक्तिका बारेमा सूचना दिएमा २५ हजार पुरस्कार दिने घोषणा गरेको छ ।
- आरोपित व्यक्तिलाई खोज्न पोष्टर टाँसिएका छन् ।
- नयाँ दिल्ली प्रहरीले दिल्लीको गत फरबरी ७ तारिखका दिन दिल्लीको एक बसमा छेउमैं बसेको व्यक्तिले अश्लील व्यवहार गरेपछि दिल्ली विश्वविद्यालयकी छात्राले त्यसको प्रतिरोध गरेको समाचार सार्वजनिक भएको थियो ।
सार्वजनिक बसमा युवतीसँग अश्लील व्यवहार गर्ने र हस्तमैथुन गर्ने व्यक्तिका बारेमा सूचना दिएमा २५ हजार पुरस्कार दिने घोषणा गरेको छ । आरोपित व्यक्तिलाई खोज्न पोष्टर टाँसिएका छन् ।
नयाँ दिल्ली प्रहरीले दिल्लीको गत फरबरी ७ तारिखका दिन दिल्लीको एक बसमा छेउमैं बसेको व्यक्तिले अश्लील व्यवहार गरेपछि दिल्ली विश्वविद्यालयकी छात्राले त्यसको प्रतिरोध गरेको समाचार सार्वजनिक भएको थियो । निज युवतीले सहयोगका लागि अपील गरेपनि कोही अघि नसरेपछि उनले जुक्ति लगाए ती व्यक्तिको भिडियो खिच्न सफल भएकी थिइन ।
पीडिताका अनुसार, ७ फेब्रुअरीका दिन बसन्त गाउँबाट क्लस्टर बस रुट ७७४ मा बसेर उनी घरतर्फ गइरहेकी थिइन । करिब ४५ वर्षका युवक उनको छेउमा बसेको थियो ।
शुरुमा युवतीका शारीरिक अङ्ग छुन खोजेपछि ती युवकले युवतीकै सामु हस्तमैथुन गरेका थिए । युवतीले उक्त युवकले हस्तमैथुन गरेको भिडियो सोसल मिडियामा राख्दै महिला, आयोग, प्रहरी, प्रधानमन्त्री कार्यालयमा ट्याग गरेकी थिइन ।
महिला आयोगले ती युवतीको भिडियो र अपीलमाथि चासो दिएपछि ३ दिनपछि १० फेब्रुअरीमा बसन्त बिहार थानामा रिपोर्ट दर्ता गरिएको थियो ।
आइआइटी बस स्टपमा उक्त युवक बसबाहिर निस्केको थियो ।
https://www.youtube.com/watch?v=0An0L6TRPhQ
प्रतिक्रिया