सात करोडको लागतमा सहकारी भवन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सात करोडको लागतमा सहकारी भवन

सारांश

  • पोखरा, ११ फागुन , पोखरा लेखनाथ महानगरपालिका–१७ बिरौटामा निलगिरि बचत तथा ऋण सहकारी संस्थाले करिब रु सात करोडको लागतमा १५ कोठे भवन निर्माण गरेको छ ।
  • कास्कीलाई कार्यक्षेत्र बनाएर विगत २० वर्षअघिदेखि सञ्चालनमा आएको संस्थाको नवनिर्मित भवन प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले आज उद्घाटन गर्नुभयो ।
  • नेपालमा सानो पूँजीको संकलन तथा उपयोगको उद्देश्यका साथ सञ्चालित सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको कुँवरले बताउनुभयो ।

पोखरा, ११ फागुन , पोखरा लेखनाथ महानगरपालिका–१७ बिरौटामा निलगिरि बचत तथा ऋण सहकारी संस्थाले करिब रु सात करोडको लागतमा १५ कोठे भवन निर्माण गरेको छ ।

कास्कीलाई कार्यक्षेत्र बनाएर विगत २० वर्षअघिदेखि सञ्चालनमा आएको संस्थाको नवनिर्मित भवन प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले आज उद्घाटन गर्नुभयो ।

नेपालमा सानो पूँजीको संकलन तथा उपयोगको उद्देश्यका साथ सञ्चालित सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको कुँवरले बताउनुभयो । कानूनभन्दा कोही पनि व्यक्ति माथि नहुने बताउँदै उहाँले आफूलाई कानूनको दायरामा राखी क्रियाशील सहकारी राम्रोसँग सञ्चालित भइरहेको उल्लेख गर्नुभयो ।

बीस वर्षअघि स्थानीय युवाको सक्रियतामा ३० जनाबाट शुरु गरिएको उक्त सहकारीमा हाल रु छ करोड २८ लाख चक्ता पूँजी तथा रु ४६ करोडको कारोबार रहेको छ । उक्त संस्थामा ६०८ जना शेयर सदस्य रहेका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सामाजिक दायित्व पूरा गर्दै आएका सहकारीले अब जिल्लाको पहिचान दिनेखालको रणनीति बनाएर अगाडि बढनु पर्ने बताउनुभयो । जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदीप ढकालले मुलुकका ३४ हजार सहकारी संस्थामा ६५ लाखभन्दा बढी शेयर सदस्य आबद्ध रहेको बताउँदै रु ५० अर्बभन्दा बढीको कारोबार गर्दै आएको संस्थाअन्तर्गत ६५ हजार जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको जानकारी दिनुभयो । उक्त संस्था २०५५ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण रोकिएको भारत र न्युजिल्याण्डबीचको बाँकि खेल आज हुने
वर्षाका कारण रोकिएको भारत र न्युजिल्याण्डबीचको बाँकि खेल आज हुने
यस्तो छ  फाल्गुण २७ गतेको राशिफल
यस्तो छ फाल्गुण २७ गतेको राशिफल
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।
कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति
कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति
बाबा रामदेव भन्छन्  चिनियाँ सामान बहिष्कार गरौं …
बाबा रामदेव भन्छन् चिनियाँ सामान बहिष्कार गरौं …
विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी
विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
इलामको ढापपोखरीमा डुंगा सञ्चालन
इलामको ढापपोखरीमा डुंगा सञ्चालन