एमालेबाट यी दुवै राष्ट्रपतिका बलिया दाबेदार
सारांश
- काठमाडौं, २२ फागुन – संस्थापन पक्ष भण्डारीको पक्षमा रहे पनि पूर्वअध्यक्ष खनाललाई पनि स्थायी समितिमा बलियो साथ- राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् ।
- भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् ।
- आजको नया पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
काठमाडौं, २२ फागुन – संस्थापन पक्ष भण्डारीको पक्षमा रहे पनि पूर्वअध्यक्ष खनाललाई पनि स्थायी समितिमा बलियो साथ- राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् । आजको नया पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले निकटस्थ नेताहरूलाई यसपटक ‘ब्याक’ नहुने भन्दै स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आश्वस्त पारिरहेका छन् । खनाल अघिल्लोपटक पनि राष्ट्रपतिको आकांक्षी थिए । केही समययता अध्यक्ष ओलीसँगको सम्बन्धमा चिसोपन बढेपछि उपाध्यक्ष वामदेव गौतम पनि खनाललाई राष्ट्रपति बनाउन लागेका छन् । उनले पार्टी बैठकमा खुलेरै खनाललाई समर्थन गर्ने बताइसकेका छन् ।
उता, प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबाट पुनः अवसर दिने ‘ग्रिन सिंग्नल’ पाइसकेकी राष्ट्रपति भण्डारी पनि सक्रिय बनेकी छिन् । उनले टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘लबिङ’ तीव्र पारेकी छिन् । खुला लबिङ गर्दा पदीय मर्यादामा आँच पुग्ने कुराप्रति सचेत देखिएकी भण्डारीले भित्र–भित्रै टेलिफोन र निकटस्थ नेताहरूमार्फत ‘क्याम्पेनिङ’ चलाएकी हुन् । उनी ओली र नेता माधवकुमार नेपालको सहयोगमा पुनः दोहोरिनेमा आश्वस्त छिन् ।
उम्मेदवार टुंग्याउन आज स्थायी समिति
एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आज स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकको एजेन्डाबारे भने नेताहरूलाई जानकारी दिइएको छैन । ‘बैठक बोलाइएको जानकारी आएको छ, तर एजेन्डा बताइएको छैन,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘भोलि राष्ट्रपतिको उम्मेदवार मनोनयन भएकाले सम्भवतः त्यही एजेन्डामा छलफल हुन सक्छ ।’
यस्तो छ स्थायी समितिमा समीकरण
२६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, पदेन सल्लाहकार समिति अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी आमन्त्रित स्थायी समिति सदस्यको हैसियतमा मात्र छन् । वतर्मान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओलीको समर्थन रहेकाले मतदानकै अवस्था सिर्जना भए उनको पक्षमा १० नेता उभिने स्थिति देखिन्छ ।
उता, खनालको पक्षमा पनि उपाध्यक्ष गौतमसहित १० सदस्य छन् । अर्का वरिष्ठ नेता नेपालनिकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका हुन् । ‘एमालेभित्र राष्ट्रपति बन्न योग्य अन्य थुप्रै साथीहरू पनि हुनुहुन्छ, तर प्रधानमन्त्रीले पनि सम्मान गर्नसक्ने, दुईपटक पार्टी प्रमुख र एकपटक कार्यबाहक महासचिव भइसकेका खनाललाई योगदानका आधारमा सर्वसम्मत बनाइदिँदा धेरै उपयुक्त हुन्छ,’ खनालको पक्षमा खटिरहेका एक पदाधिकारीले भने ।
उदय पुरी
झलनाथ खनाल हुनु पर्छ।
Shamsuddin Siddique
Jhal Naath Khanal hunu parxa
Dhananjay Khadka
झलनाथ खनाल हुनु पर्छ
Ganesh Deuba Rajabar
jhal nath khaanal hunuparchha
Buddhi Ram
afno kartbya satha bidyali rastrapati xodnu parxa jo kohi pani naya aunu partyo
Indu Timilshina
j.n
Hemanta Budhathoki
Pahilo prathamikta ma ta subas nengwang hunu partheyo ….yadi subas laai hudaina vane jhalanath nak hunu parne ho….
Badri Prasad Humagain
k.p.वलिका पिताजिकोमा हेराउन जानू पर्छ
Mohan Kayasta
Madame is tainted now .