विद्यालय सञ्चालन र कक्षा थप गर्न मेयरको संयोजकत्वमा समिति गठन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
५० पटक हेरिएको
Shares
विद्यालय सञ्चालन र कक्षा थप गर्न मेयरको संयोजकत्वमा समिति गठन

सारांश

  • दाङ, ६ चैत ।
  • घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका सरकारी र निजी विद्यालयको सञ्चालन अनुमति र कक्षा थपका लागि नगर प्रमुखको संयोजकत्वमा अनुगमन गरी निर्णय लिन समिति गठन गरेको छ ।
  • नगर कार्यपालिकाको बैठकले नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा सामाजिक विकास समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत, ५ वटा सम्बन्धित वडाका अध्यक्षहरु सदस्य र शिक्षा शाखा प्रमुख सदस्य सचिव रहेको विद्यालय सञ्चालन तथा कक्षा थपका लागि निर्णय लिने समिति गठन गरेको हो ।

दाङ, ६ चैत । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका सरकारी र निजी विद्यालयको सञ्चालन अनुमति र कक्षा थपका लागि नगर प्रमुखको संयोजकत्वमा अनुगमन गरी निर्णय लिन समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा सामाजिक विकास समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत, ५ वटा सम्बन्धित वडाका अध्यक्षहरु सदस्य र शिक्षा शाखा प्रमुख सदस्य सचिव रहेको विद्यालय सञ्चालन तथा कक्षा थपका लागि निर्णय लिने समिति गठन गरेको हो ।

नगर क्षेत्रमा रहेका सार्वजनिक सम्पत्तिहरुको संरक्षणका लागि प्रत्येक वडाहरुलाई पत्राचार गर्ने निर्णय समेत भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले योजना अनुगमन जाँचपास तथा फरफारकका लागि उपप्रमुख सीता न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा पूर्वाधार विकास समितिका संयोजक लछिनप्रसाद बुढामगर, कार्यपालिकाका सदस्य पशुपति चौधरी, सम्बन्धित वडाका वडा अध्यक्षहरु, प्राविधिक वीरबहादुर वली सदस्य र शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सदस्य सचिब रहने व्यवस्था गरिएको छ ।

घोराही उपमहानगरपालिकाको दोस्रो हिउँदे नगरसभा यही चैत्र १० गते गर्ने निर्णय भएको छ । बैठकले उपमहानगरपालिकाको कानून निर्माणमा आवश्यक सहयोगका लागि पूर्व न्यायाधीश नारायणप्रसाद धिताललाई विशेषज्ञको रुपमा नियुक्त गरेको छ । साथै मध्यपश्चिम क्षेत्रीय प्रहरी आवासीय माध्यमिक विद्यालय गुलरिया दाङको नाम परिवर्तनका लागि पेश भएको निबेदनका आधारमा नेपाल पुलिस स्कुल घोराही दाङ रहने निर्णय गरिएको उपमहानरका प्रबक्ता भरत अर्यालले जानकारी दिए ।

यसैगरी, प्रथम नगरसभाबाट पारित भएको नगर हरियाली प्रर्बद्धन कार्यक्रम अन्तरगत कटुवाखोलादेखि तुलसीपुर चोकसम्म बृक्षारोपण तथा सजावटमा ३० लाख रुपैयाँ बिनियोजन भए अनुसार काम गर्ने निर्णय भएको छ । खेल क्षेत्रको प्रबद्र्धनका लागि जेसीज कप क्रिकेट खेल सञ्चालन गर्न डेढ लाख, जेष्ठ नागरिक जिल्ला संघको अधिबेशनका लागि डेढ लाख र जयशेर मावि रावतगाउँलाई १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्छ : महासचिव शेर्पाली
पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्छ : महासचिव शेर्पाली
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
‘बुलाकी’ को प्रदर्शन रोकिने
‘बुलाकी’ को प्रदर्शन रोकिने
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
रोहित र राहुलको सतकमा भारतको जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान
पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान
छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ
छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ