दोलखामा तनाव, बैत्यश्वरमा हवाई फायर !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
७९९ पटक हेरिएको
Shares

सारांश

  • वैशाख ३१, २०७४- दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।
  • जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् ।
  • हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।

वैशाख ३१, २०७४- दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।

जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् ।

बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । फायरिङमा बाहिरका मान्छे ल्याएको आशंका गरिएको छ ।

एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेको छ ।

यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको छ भने बिगुको आलम्बुमा गएरातिको झगडाले मतदान सुरु भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?