बामपन्थी तालमेल र पार्टी एकताको प्रस्ताव मैले नै राखेको हुँ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
१
|
६४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १२ चैत ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादी एकताबाट बन्ने नयाँ पार्टीको विचार र कार्यदिशा पनि नयाँ हुने बताएका छन् ।
  • सोमबार भक्तपुरमा अखिल (क्रान्तिकारी) का केन्द्रीय प्रशिक्षकहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले नयाँ विचार र कार्यदिशा बन्ने बताएका हुन् ।

काठमाडौं, १२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादी एकताबाट बन्ने नयाँ पार्टीको विचार र कार्यदिशा पनि नयाँ हुने बताएका छन् । सोमबार भक्तपुरमा अखिल (क्रान्तिकारी) का केन्द्रीय प्रशिक्षकहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले नयाँ विचार र कार्यदिशा बन्ने बताएका हुन् ।

“हिजो सामन्तवादका विरुद्ध मदन भण्डारीले जनताको बहुदलीय जनवाद र हामीले २१ औँ शताव्दीको जनवाद भन्यौं । उहाँहरु शान्तिपूर्ण राजनीतिमा लाग्नुभयो । हामी जनयुद्धमा लाग्यौं”, अध्यक्ष प्रचण्डले भने, “अब एकीकृत पार्टीको रणनीति र कार्यदिशा पनि विकसित हुन्छ । त्यो समाजवादी रणनीतिमा आधारित हुन्छ ।”

अध्यक्ष प्रचण्डले अब कुनै देशको नक्कल नभई नेपालको आफ्नै मौलिकतामा समाजवादी क्रान्ति हुने बताए । “नेपालमा हाम्रै तरीकाले समाजवाद ल्याउनुपर्छ,” उनले भने, “शान्तिपूर्ण तरीकाले राज्यमा हस्तक्षेप गरेर समाजवादको आधार निर्माण गर्ने गरी अगाडि बढ्ने समझदारीमा पुगेका छौं ।”

“आजको राजनीतिक परिवर्तन माओवादी आन्दोलन र विचारका कारण मात्रै भएको हो, अरुको सहायक भूमिका छ”, अध्यक्ष प्रचण्डले भने, “एमालेको संसदीय संघर्षले पनि परिवर्तनको आन्दोलनमा सकारात्मक भूमिका खेलेको छ ।”

“केहीलाई संशोधनवादीसँग एकता किन भन्ने पनि लागेको छ । तर, बामपन्थी तालमेल र पार्टी एकताको प्रस्ताव मैले नै राखेको हुँ”, प्रचण्डले भने, “राष्ट्रिय पूँजी, स्थायित्व र समाजवादको कुरामा समान तहमा पुगेका छाँै भनेपछि एकता नै गर्नु वैज्ञानिक ठानेर मैले एकताको प्रस्ताव गरेको हुँ ।”

‘एमालेभित्र छुट्याउनै नसकिने गरी माओवादी र माओवादीभित्र छुट्याउनै नसकिने गरी एमाले अन्तरघुलन भइसकेको छ”, अध्यक्ष प्रचण्डले भने, “अराजकतावादी व्यक्तिवाद र संकीर्ण जडसूत्रवादले समाजमा भ्रम छर्छ । त्यसका विरुद्ध लड्दै पार्टी एकता सफल पार्नुपर्छ ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jaynarayan Mahato

    natra bhane ek sit pani audaina thiyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
संवेदनशील ठाउँमै प्रियंकाको कपडा च्यातिएपछि..
संवेदनशील ठाउँमै प्रियंकाको कपडा च्यातिएपछि..
आज पनि तोलामा पाँच सयले घट्यो सुनको मूल्य
आज पनि तोलामा पाँच सयले घट्यो सुनको मूल्य
How to Secure Business Software
सरकार गठनका लागि यथाशीघ्र बाटो खोलियोस् : एमाले
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्
उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्