दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०७४
|
|
२८६५ पटक हेरिएको
Shares
दोलखाको जिरी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी,,

सारांश

  • स्थानीय तहको निर्वाचनमा नेपालकै स्विजरल्याण्ड भनेर चिनिने दोलखाको जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार टंक जिरेल निर्वाचित भएका छन् ।
  • निर्वाचन अधिकृतको कार्यालय जिरीका अनुसार जिरेलले माओवादी केन्द्रका उम्मेदवार गेल्बु शेर्पालाई पछि पार्दै ३ हजार २ सय १२ मत ल्याएर विजयी भएका छन् ।
  • माओवादी केन्द्रका गेल्बुले २ हजार १ सय ६ मत प्राप्त गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपालकै स्विजरल्याण्ड भनेर चिनिने दोलखाको जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार टंक जिरेल निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय जिरीका अनुसार जिरेलले माओवादी केन्द्रका उम्मेदवार गेल्बु शेर्पालाई पछि पार्दै ३ हजार २ सय १२ मत ल्याएर विजयी भएका छन् । माओवादी केन्द्रका गेल्बुले २ हजार १ सय ६ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार शोनाम शेर्पाले १ हजार ४ सय २ मत प्राप्त गरेको जनाईएको छ ।

त्यसैगरी उपमेयरमा पनि एमालेकै उम्मेदवार कृष्णकुमारी बुढाथोकी विजयी भएकी छन् । बुढाथोकीको ३ हजार २ सय ६८ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले १ हजार ९ सय ४१ मत प्राप्त गरेकी छन् ।

वडा तहमा भने जिरी नगरपालिकामा ६ वटा वाड नेकपा एमालेले २ वटा वाड माओवादी केन्द्रले र १ वाडमा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?