एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै
सारांश
- काठमाडौं, ९ वैशाख- नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउने भएका छन्।
- आज बैशाख ९ मा संयुक्त कार्यक्रम मार्फत दुई पार्टीले स्थापना दिवस मनाउने बताएका छन् ।
- आज मनाउने कम्युनिष्ट पार्टीको स्थापना दिवसमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त सम्वोधन गर्नेछन्।
काठमाडौं, ९ वैशाख- नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउने भएका छन्।
आज बैशाख ९ मा संयुक्त कार्यक्रम मार्फत दुई पार्टीले स्थापना दिवस मनाउने बताएका छन् । आज मनाउने कम्युनिष्ट पार्टीको स्थापना दिवसमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त सम्वोधन गर्नेछन्।
कम्युनिष्ट पार्टी स्थापनाका दिन दुई पार्टी एकता हुने चर्चा चलिरहेका बेला कार्यकर्ताहरुलाई आस्वस्त पार्न संयुक्त सभा गर्न लागेका हुन् । वैशाख ९ को दिनमा एकताको चर्चा चलेपनि आजका लागि एकता टरेको छ ।
पार्टी एकता संयोजन समितिको आयोजनामा हुन लागेको कार्यक्रम राष्ट्रिय सभागृहमा दिउसो १२ बजे कार्यक्रम आयोजना गरेको छ। २००६ साल वैशाख ९ मा पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। यसअघि दुवै पार्टीले छुट्टाछुट्टै दिवस मनाउँदै आएका थिए ।
प्रतिक्रिया