राप्रपा एकता गराउने पूर्वराजाको कदमप्रति राणा र थापा सशंकित !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १३ वैशाख ।
  •   पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच तत्काल एकताको प्रयास गरिएपनि एकता नहुने सम्भावना निकै टाढा रहेको स्रोतहरुले बताएका छन्।
  • हिमालयन टि गार्डेन(झापा) को बसाईं (२० फागुन–२४ चैत्र) को क्रममा राप्रपाका तीनै घटकका नेताहरुलाई बोलाएर पूर्व राजा शाहले एकतामा जोड दिएका दिएका थिए।

काठमाडाै, १३ वैशाख ।  पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच तत्काल एकताको प्रयास गरिएपनि एकता नहुने सम्भावना निकै टाढा रहेको स्रोतहरुले बताएका छन्। हिमालयन टि गार्डेन(झापा) को बसाईं (२० फागुन–२४ चैत्र) को क्रममा राप्रपाका तीनै घटकका नेताहरुलाई बोलाएर पूर्व राजा शाहले एकतामा जोड दिएका दिएका थिए।

झापामा पूर्व राजासँग भेट गर्ने राप्रपा नेता बुद्धिमान तामाङ लगायत पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरुले पार्टी एकताको प्रयास सुरु गरेका थिए। पूर्वराजाको चाहना बमोजिम विभाजित राप्रपाका तीन घटकबीच तत्काल एकता प्रयास थालिएपनि एकता हुने सम्भावना चाहिँ तत्कालका लागि देखिएको छैन।

ज्ञानेन्द्रको प्रयास
पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका ४ चैत्रमा तीन तीन जनाका दरले विभाजित तीन वटै राप्रपाका ९ जना नेताहरुलाई झापास्थित हिमालयन टि स्टेट गार्डेनमा बोलाएका थिए। राजनीतिक परिस्थिति बुझ्ने बहानामा तीनै राप्रपाका मध्यम तहका नेताहरुलाई झापामा बोलाइएको थियो।

झण्डै तीन घण्टा लामो तीन त्यो बसाईका क्रममा पूर्वराजाले राप्रपाका तीनै घटकका नेताहरुको कुरा सुने। त्यसक्रममा उनले कुनै प्रतिक्रिया व्यक्त गरेनन्। तर, जब भेटघाट टुङ्गिने बेला भयो, त्यसपछि उनले आफूले उनीहरुलाई त्यहाँ बोलाउनुको अर्थ प्रष्ट हुनेगरी आफ्नो धारणा राखे।

‘एउटा पार्टी तीन टुक्रामा विभाजित हुने, चुनावमा पनि यस्तो परिणाम आउने हो भने पार्टी खोल्नुको के अर्थरु पार्टी हुनु र नहुनुको के अर्थरु’ उनले सोधेका थिए। यति भन्दै उनले सुझाव पनि दिए, ‘एउटा निश्चित समयसीमा तोकेर पार्टी एकता गर्दा राम्रो होला, परिणामपनि राम्रो आउला’

पूर्वराजाले यसरी राप्रपाका नेताहरुलाई विभाजित भएर होइन, एकजुट भएर अघि बढ्न सुझावमात्र दिएनन्, त्यस विषयमा अरुहरुसँग पनि कुराकानी गर्न भनेका थिए। उनको भनाई थियो, ‘आज गरेको कुराकानी साथीहरुसँग गरे भयो, विभिन्न व्यक्तित्वहरुसँग गरेपनि भयो।’

पूर्वराजाको चाहना एकता होस् भन्ने बुझेपछि झापा पुगेर फर्केका नेताहरुले अनौपचारिक रुपमा एकता अभियान सञ्चालन गरेका छन्। र, तीनै राप्रपाले बैठकमार्फत् नै एकता गर्ने निर्णय गरेका छन्। तर, झण्डै डेढ महिना बित्दापनि एकताको छेकछन्द चाहिँ देखिएको छैन।

ज्ञानेन्द्रप्रति शंका
झापा–भेटमार्फत् पूर्व राजा शाहले राप्रपा एकताप्रति चासो र शुभेच्छा प्रकट गरेपनि राप्रपाको नेतृत्व गरेका कमल थापा र राप्रपा (प्रजातान्त्रिक)को नेतृत्व गरेका पशुपति शमशेर राणाले पूर्वराजाको कदमलाई सकरात्मक रुपमा लिएका छैनन्, बरु उनीहरु शाहसँग सतर्क छन्।

यसको कारण पूर्वराजाले राप्रपा एकताको नाममा आफूहरुलाई अपदस्थ गर्न खोजेका हुन् भन्ने थापा र राणाको बुझाइ हो। राणा नेतृत्वको राप्रपाले गणतन्त्रको लाइन लिएको छ, जुन अन्तिम राजा ज्ञानेन्द्रलाई मन पर्ने कुरै भएन। त्यसैले, राणा राप्रपाको नेतृत्वमा नरहुन् भन्ने शाहले चाहनु स्वभाविक हो।

राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेपनि पूर्वराजा थापासँगपनि उतिसा¥हो सन्तुष्ट छैनन्। राजतन्त्र पुनस्र्थापनाका लागि होइन, आफ्नो राजनीतिक स्वार्थका लागिमात्र थापाले हिन्दू धर्म र राजतन्त्र पुनस्र्थापनाको एजेण्डा बोकेको निष्कर्ष पूर्वराजाको छ। त्यसैले, उनीपनि अध्यक्षमा थापाको निरन्तरता चाहिरहेका छैनन्।

‘पूर्वराजाको चाहना राप्रपा एक भइदिओस् भन्ने त छ। तर, बुद्धिमान तामाङ (राप्रपा) वा केशरबहादुर बिष्ट (राप्रपा प्रजातान्त्रिक) अध्यक्ष बन्ने शर्तमा मात्र’ राप्रपाका एक नेता भन्छन्, ‘यही कुरा बुझेका राप्रपा अध्यक्ष थापा र राप्रपा(प्रजातान्त्रिक) का अध्यक्ष राणाले एकताप्रति त्यति रुचि देखाएका छैनन्।’

तर, थापा र राणाले नचाहँदासम्म तीन राप्रपाबीच एकता हुने सम्भावना छैन। जानकाहरुका भनाईमा, थापा र राणा दुबै पार्टीभित्र यति शक्तिशाली छन् कि, उनीहरुको चाहनाबिना एकताको निर्णय हुने स्थिति छैन। राणा त अझ राजतन्त्र स्वीकार गर्नेगरी पार्टी एकता गर्ने पक्षमा समेत छैनन्।

एकिकृत राप्रपा (राष्ट्रवादी) को नेतृत्व गरेका डा प्रकाशचन्द्र लोहनी राजतन्त्रको एजेण्डालाई स्थापित गर्ने गरी एकताको पक्षमा छन्। तामाङ र बिष्ट सम्भव नभए लोहनीलाई अध्यक्ष बनाउने चाहना पूर्वराजाको छ। तर, थापा अध्यक्ष पद छाड्न नचाहने र राणाचाहिँ गणतन्त्र छाड्न नचाहेका कारण तत्काल तीन राप्रपाबीच एकता हुने सम्भावना देखिन्न।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?
राष्ट्रियसभा निर्वाचनमा भाग लिन कुन कुन दल दर्ता भए ?
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
“मान्छेहरु”
“मान्छेहरु”
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
चट्याङ लागेर ११ जनाको मृत्यु
चट्याङ लागेर ११ जनाको मृत्यु
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो

तपाईंले छुटाउनुभयो कि?