प्रचण्ड पनि तत्कालै एकता हुनेमा सहमत: झलनाथ खनाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ बैशाख ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता यही बैशाखभित्रै हुने भएको छ ।
  • कार्लमाक्र्सको २०० सयौं जन्मजयन्तीमा पार्टी एकता गर्ने भनिए पनि प्राविधिक र आन्तरिक कारण जनाउँदै केही दिन लम्बिन सक्ने बताईएको छ ।

काठमाडौं, १९ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता यही बैशाखभित्रै हुने भएको छ । कार्लमाक्र्सको २०० सयौं जन्मजयन्तीमा पार्टी एकता गर्ने भनिए पनि प्राविधिक र आन्तरिक कारण जनाउँदै केही दिन लम्बिन सक्ने बताईएको छ ।

एमालेका पूर्व अध्यक्ष एवं वरिष्ठ नेता झलनाथ खनालले ठ्याक्कै दुई पार्टी मिलेको दिन एकता हुने भन्दै ठट्टा गरेका छन् । उनले भने, ‘दुई दलको होमवर्क केही बाँकी छ, यो महिनाभित्र हुन्छ भन्ने मलाई विश्वास छ ।’

उनले एकताको प्रक्रियामा गइरहँदा एक वर्षको समय लागे पनि त्यसलाई तुरुन्तै अन्तर्गत नै राख्नुपर्ने बताए ।

उनले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग कुरा गर्दा सबै कुरा सहमति भइसकेको जस्तो बुझेको र प्रचण्ड पनि तत्कालै एकता हुनेमा सहमत भइसकेको पाएको बताए ।

नेता खनालले माओवादीलाई गलाएर पार्टी एकता गर्ने नभइ सम्मानजनक रुपमा गर्ने बताए ।

पद व्यवस्थापन गर्न नभइ विचार र संरचना मिलाउँदा ढिलाई भएको खनाललको भनाइ छ । उनले प्रचण्ड वा को आलोपालो केही नहुने भन्दै एउटै पार्टी भइसकेपछि के को आलोपालो भने ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?